आइएमई वर्ल्डकप उत्सव–२०१८ शुरु
दैनिक दुई सयको टपअप चार जनालाई, एक जोडीलाई बैङ्कक भ्रमणको अवसर

6 महिना अगाडी

काठमाडौं, असार ४ गते । आइएमई लिमिटेड र आइएमई पेले आइएमई वर्ल्डकप उत्सव–२०१८ सार्वजनिक गरेका छन् । विश्वकप फुटबलको २१औँ संस्करण अन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताका दर्शक सवै यो उत्सवमा सहभागी हुन सक्नेछन् । आइएमई लिमिटेड एवम् आइएमई पे का आधिकारिक फेसबुक पेज र आइएमई पेको एपमार्फत यो उत्सवमा सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको छ । यो प्रतियोगिता १४ जून देखि १५ जुलाई २०१८ संचालन हुनेछ ।
सहभागीहरुले वेभ पेजमा रहेको एपमा लग–इनगर्दै १,००० (एक हजार) प्वाईन्ट सहित प्रतिष्पर्धामा भाग लिन सक्नेछन् । पोईन्टका साथै म्याचको पूर्ण विवरण प्रत्येक दिन एप्लिकेसनमा पोष्ट गरिनेछ । सहभागीहरुले दर अनुसार त्यस दिनको अनुमान गर्नुपर्नेछ । खेलको गलत अनुमान गरेमा सहभागीहरुको पोइन्ट अन्तर्राष्ट्रिय दरले काटिने छ । थप आइएमई फ्यान्टासी पोईन्टको सङ्कलनका लागि थप चरणहरू प्रतियोगिताको समय अवधिभित्र पेस गरिनेछ ।
प्रतियोगिताको अन्त्यमा अधिक संख्याको प्वाईन्टले विजयी प्राप्त गर्नेछ । अधिक संख्याको पोइन्ट प्राप्त गर्ने एक सेवाग्राहीले ‘खेलौं रमाऔँ बैंङ्कक जाऔँ’ अन्तर्गत एक जोडीलाई ४ रात ५ दिन लामो बैंङ्कक भ्रमणको अवसर प्राप्त हुनेछ भने प्रत्येक दिन कम्पनीका आधिकारिक फेसबुक पेजमा सोधिएका फुटबलसँग सम्बन्धित प्रश्नको सहि उत्तर दिने चार सेवाग्राहीहरू ‘लक्की–ड्र’ मार्फत छनोट हुनेछन् । यसरी छनोटमा परेका सेवाग्राहीहरूले दुई सयको आइएमई पे टपअप प्राप्त गर्नेछन् ।
विश्वमा रहेका नेपाली फेसबुक प्रयोगकर्ताले प्रतियोगितामा भाग लिन सक्नेछन् । यदि विदेशमा रहेका फेसबुक प्रयोगकर्ता विजयी भएमा नेपालमा बसोबास गर्ने नीजले ईच्छाएका व्यक्तिलाई मात्र पुरस्कार प्रदान गरिनेछ । सहभागीहरुले प्रतियोगिताको सम्भावित नतिजा कम्तिमा निर्धारित खेल शुरु हुनुभन्दा एक घण्टा पहिला अनुमान गर्नुपर्नेछ । यदि कुनै पोष्ट अथवा कमेन्टस् त्रुटिपूर्ण देखिएमा बिना कुनै सूचना तत्काल रद्ध गरिनेछ । विजेता वा प्रतियोगिले पोष्ट गरेका तस्विर आइएमई र आइएमई पेको विज्ञापनमा प्रयोग गर्न सक्ने पूर्णाधिकार आइएमई र आइएमई पेमा निहित हुनेछ । एक वा सो भन्दा बढी प्रतियोगिले बराबर अंक प्राप्त गरेमा ‘लक्की ड्रमार्फत ’ विजेता घोषित गरिनेछ । प्रत्येक प्रतियोगिले आफ्नो सम्पर्क विवरण दुरुस्त पोष्ट गर्नुपर्नेछ । यदि तपाईं विजेता घोषित भएमा सोहि विवरणमा सम्पर्क गरिनेछ ।
जानकारी प्राप्त भएको सात दिन भित्रमा आफ्नो परिचयपत्र सहित आइएमई र आइएमई पेमा सम्पर्क गर्नुपर्नेछ । ‘लक्की ड्र’ एवम् भाग्यशाली विजेताको नतिजा आइएमई र आइएमई पे फेसबुक पेजमार्फत् सार्वजनिक गरिनेछ । विजेता आफ्नो पुरस्कारको दाबी समयमै गर्न चुकेमा अर्को ‘लक्की ड्रमार्फत’ नयाँ विजेता घोषित गरिनेछ । सम्पूर्ण पुरस्कारहरु सूचना जारी भएको पन्ध्र दिनभित्र लिनुपर्नेछ । पुरस्कार नगद अथवा अन्य कुनै रुपमा प्रदान गरिनेछैन । सरकारको नियमानुसार लाग्ने कर बिजेताले नै चुक्ता गर्नुपर्नेछ ।
आइएमई र आइएमई पेमा कार्यरत कर्मचारीहरु, अभिकर्ता र आइएमई र आइएमई पेमा आवद्ध कसैले पनि यो प्रतियोगितामा भाग लिन पाउने छैनन् । यद्यपी, मनोरन्जनका लागि सहभागी हुन पाउनेछन् । कुनै नियममा परिवर्तन भएमा सो को जानकारी फेसबुक मार्फत् गराईनेछ । अधिक जानकारीको लागि आइएमईको टोल फ्रिनम्बर १६६००१५१५१५ अथवा ००९७७–०१–४४३०६०० वा आइएमई पेको टोल फ्रिनम्बर १६६००१६१६१६ अथवा ००९७७–०१–४००२६६० मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।


1542619455happy-christmas-400x300.jpg

Advertisement
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter