आठ साहित्यकारलाई सम्मान गरिने

6 महिना अगाडी

रासस, काठमाडौँ, जेठ ३१ । नोबेल साकोस साहित्य प्रतिष्ठानले यस वर्ष नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका आठ साहित्यकारलाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ । 
प्रतिष्ठानका संरक्षक एवं वरिष्ठ समालोचक युवराज मैनालीको संयोजकत्वमा बसेको बैठकले आठ साहित्यकारलाई पुरस्कारद्वारा सम्मान गर्न लागेको हो । 
सम्मानित हुनेहरुमा हरिभक्त मीना साहित्य सम्मान काठमाडौँका विजय चालिसेलाई तुजाखग साहित्य सम्मान काठमाडौँकै हरिप्रसाद सोडारी र दुर्गा विष्णु समालोचना साहित्य सम्मान धादिङका कृष्ण गौतमलाई प्रदान गरिने निर्णय भएको संयोजक मैनालीले जानकारी दिए । पुरस्कार राशि जनही ११ हजार १११ रूपैयाँ रहेको छ । 
यसैगरी, नोबेल साकोस साहित्य सम्मान काठमाडौँका गोपीकृष्ण प्रसाई, एन्जेलिना नेउपाने साहित्य सम्मान लमजुङका श्रीकृष्ण न्यौपाने, हरिभक्त मीना बालप्रतिभा सम्मान पाल्पाका सुधा पाल्पाली र पदम—दीपा साहित्य सम्मान ओखलढुंगाका तुलसीहरि कोइरालालाई दिने निर्णय गरिएको छ । उक्त पुरस्कारको राशि पाँच हजार ५०० रूपैयाँ रहेको छ । 
यस्तै, निरन्तर साहित्य सम्मान गुल्मीका लीलाधर पाण्डेलाई प्रदान गर्ने निर्णय गरिएको छ । उक्त सम्मानको पुरस्कार राशि रु दुई हजार २०० रहेको छ । यी सबै पुरस्कार तथा सम्मान आगामी असार २ गते शनिबार एक कार्यक्रमका बीच वितरण गरिने संयोजक मैनालीले जानकारी दिए ।


1542619455happy-christmas-400x300.jpg

Advertisement
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter