एक सय ९७ वैदेशिक रोजगार कम्पनी खारेज

29 दिन अगाडी

काठमाडौँ, असार ७ गते । सरकारले १९७ वटा वैदेशिक रोजगार व्यवसायी कम्पनीको इजाजतपत्र खारेज गरेको छ । 
वैदेशिक रोजगार विभागले नियमित नभएका, ठगी गरेका, कानुनको उल्लङ्घन गर्ने त्यो सङ्ख्याका कम्पनीको इजाजतपत्र खारेजी गरेको हो ।  वैदेशिक रोजगारका क्रममा समस्यामा परेका पीडित श्रमिकको उजुरीका आधारमा र कतिपय नियमित नभएका कारण इजाजत रद्द गरिएको विभागले जनाएको छ । विभागका अनुसार उजुरी नपर्ने यस्ता वैदेशिक रोजगार कम्पनी एकदमै कम छन् । अधिकांश कम्पनीका उजुरी समाधान हुन्छन् । 
गम्भीर खालको अपराध गरेका कम्पनीको इजाजत खारेजी गरेको भन्दै खारेजीमा पर्ने अधिकांश कम्पनी गम्भीर अपराध गर्ने नै भएको बताएको छ , केही कम्पनीको भने ऐन नियमावली अनुसार नियमित नभएका वा नवीकरण नभएका कारण पनि इजाजत खारेजी गरिएको बताएको छ । 
यस्तै, वैदेशिक रोजगार विभागले नेपालबाट श्रमिक आपूर्ति गर्दैै आएका ६४ रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखेको छ । मलेसिया, साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (युएई)का ६४ कम्पनीलाई कालो सूचीमा राखिएको हो । 
नेपालबाट रोजगारीका लागि ती देश पुगेका नेपाली युवालाई दुःख दिने, समस्यामा पार्ने, अलपत्र बनाउने र सम्झौता अनुसारको तलब–सुविधा नदिने रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखिएका विभागले बताएको छ । विभागका अनुसार रोजगारीका क्रममा समस्यामा परेका पीडित श्रमिकले विभागमा गरेको उजुरीका आधारमा रोजगार गन्तव्य देशका ६४ वटा रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखिएको छ । 
कालो सूचीमा राखिएका रोजगारदाता कम्पनीमा नेपाली श्रमिक पठाउन बन्द गरिएको बिभागले जनाएको छ । कालो सूचीमा परेका रोजगारदाता कम्पनीमा स्वचालित श्रम स्वीकृति जारी नहुने प्रक्रिया तय गरिएको छ, कालो सूचीमा परेका कम्पनीबाट रोजगार व्यवसायीले श्रमिकको माग ल्याए पनि श्रम स्वीकृतिमा प्रतिबन्ध लगाएको छ । 
अनलाइन प्रणाली लागू नहुँदासम्म केही रोजगार व्यवसायी कम्पनीले झुक्काएर कालो सूचीमा परेका रोजगारदाता कम्पनीमा श्रमिक पठाउने गरेको भए पनि अहिले अनलाइन प्रणाली लागू भएपछि त्यो सम्भावना नभएको समेत विभागले जनाएको छ । 
विभागका अनुसार कालो सूचीमा पर्नेमध्ये मलेसियाका मलेसियाका ५२ वटा कम्पनी रहेका छन् । यस्तै साउदी अरब पाँचवटा, युएईका चारवटा र कतारका तीन गरी ६४ वटा विदेशी रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखिएको छ ।


1524076599newyear.jpg

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

बर्दियाको राजापुरमा अमर शहीद भूपु विद्यार्थी क्लवको तदर्थ समिति गठन

राजापुर, बर्दिया, असार ११ गते । बर्दियाको राजापुरमा रहेको अमर शहीद श्री दशरथ चन्द मा.वि राजापुरमा आज अमर शहीद भूपु...

यी हुन् एमालेबाट मन्त्रीका प्रबल दावेदारहरु

राष्ट्रपतिको निर्वाचन सकिएसँगै आगामी केही दिनभित्रै तेस्रोपटक मन्त्रिपरिषद् विस्तार हुने भएपछि नेकपा...

Advertisement
Advertisement

Subscribe our Newsletter