कहाँ हराए रेडलाईट एरियाबाट उद्धार गरि आश्रयगृहमा राखिएका ८ नेपाली महिला ?

13 दिन अगाडी

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीस्थित एउटा रेड लाइट क्षेत्रबाट उद्धार गरेर त्यहाँको सरकारी आश्रयगृहमा राखिएका ८ जना नेपाली महिलाहरू हराएका छन्।
दिल्लीकै दिलशाद गार्डनस्थित संस्कार आश्रयगृहमा राखिएका उनीहरू त्यहीँबाट हराएको बताइएको छ।
ती महिलाहरूलाई दिल्लीको जीबी रोड क्षेत्रबाट उद्धार गरेर उक्त सरकारी आश्रयगृहमा राखिएको थियो।
गत शनिवार र आइतवार राती ती ८ नेपाली र एक भारतीय सहित ९ जना महिला आश्रयगृहबाट एकाएक हराएका थिए।
उनीहरू आफैँ त्यहाबाट निस्केर गएका हुन् वा कसैले लिएर गएको भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन।
सरकारी आश्रयगृहबाटै महिलाहरू हराएको विषयमा दिल्लीस्थित महिला आयोगले चासो देखाएको छ।
आम आद्‍मी पार्टीको सरकार रहेको दिल्लीमा विपक्षी भारतीय जनता पार्टीले भने दिल्ली सरकारको विरोध गर्दै आश्रयगृह अगाडी प्रदर्शन गरिरहेको बीबीसी हिन्दी संवाददाता कमलेशले बताइन्।
उनका अनुसार हराएका महिलाहरू बारे प्रहरीले थप तथ्यहरू भने पत्ता लगाउन सकेको छैन। भारतस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले आश्रयगृहबाट नेपाली महिलाहरू हराएको बारे दूतावासलाई जानकारी भएको बताए।
उनले भने, ‘हामी त्यसबारेमा सचेत छौँ र यहाँका निकायहरूसँगको सहकार्यमा उनीहरूलाई पत्ता लगाउनका लागि दूतावासले पनि काम गरिरहेको छ।’
बीबीसी हिन्दीसँगको कुराकानीमा दिल्ली प्रहरीले ती महिलाहरू यौन उत्पीडनको शिकार भएको बताएको छ।
अधिकारवादीहरूले नेपालबाट भारतमा यौन व्यवसायका लागि महिलाहरूको बिक्री हुने गरेको बताउँदै आएका छन्। पछिल्ला वर्षहरूमा नेपाली महिलाई अवैध रूपमा खाडी मुलुक पठाउनका लागि समेत भारतको बाटो प्रयोग हुने गरेको पाइएको छ।
तीन महिना अघि पनि दिल्ली महिला आयोगले अवैध रूपमा खाडी पठाउन लागिएका ७१ नेपाली महिलाको उद्धार गरेको थियो।
भारतस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार यसरी अवैध रूपमा महिलालाई खाडी पठाउन फर्जी कागजातको समेत प्रयोग हुने गरेको पाइएको थियो। –बिबिसी 


1542619455happy-christmas-400x300.jpg

Advertisement
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter