काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

3 महिना अगाडी

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छ भन्ने तर्क गर्छन् । नेपाली काँग्रेसको १३औं महाधिवेशनमा सभापतिमा उठेका उनले १४ मतअन्तरले सभापति हारे । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल हुँदै पार्टीको राजनीतिमा लागेका उनी समाजसेवामा पनि आबद्ध छन् । प्रदेशसभाको निर्वाचनमा नुवाकोटको क्षेत्र नं. १ को (२) प्रदेशबाट उम्मेदवार बनेका उनले निर्वाचन जित्न सकेनन् । तर पनि राजनीतिमा भने सक्रिय रहेका छन् । जितहार भन्दा पनि जनताको मत ठूलो हो र यसको सम्मान गर्ने पक्षमा उनी छन् । एमाले र माओवादीको गठबन्धन भएपछि काँग्रेसले आफूलाई नयाँ रणनीतिका साथ अघि बढाउनु पर्नेमा त्यसो नगर्दा काँग्रेसले भनेजस्तो नतिजा नल्याएको उनको बुझाई छ । उनीसँग यस अनलाइनका कार्यकारी सम्पादक रोशन ज्ञवालीले गरेको कुराकानीको सारसंक्षेप । 
० नेपाली काँग्रेस अहिले के गर्दैछ ?
नेपाली काँग्रेस अहिले प्रतिपक्षको भूमिकामा छ । नेकपा एमालेले सरकार बनाएको छ । उनीहरुले राम्रो काम गरुन् हाम्रो शुभकामना । हामीलाई विपक्षमा बस्न कुनै अप्ठ्यारो छैन । तर हिजो उनीहरुले निर्वाचनमा जाँदा जे बचनबद्धता जनतामा गरेका थिए त्यो अनुसार काम हुन सकेको छैन हामी त्यसैको खबरदारी गर्छौ । राम्रो काम गरे समर्थन गर्छौ, देशघाती र जनघाती कामको विरोध गर्छौ । काँग्रेस हिजो पनि विपक्षमा बसेको थियो । विपक्षमा रहँदा के गर्नुपर्छ भन्ने ज्ञान काँग्रेसलाई छ । 
० काँग्रेस विपक्षमा बस्न सक्दैन भन्ने पनि आरोप छ नि ?
अरु पार्टीहरुले हामीलाई लगाएको आरोप हो यो ? २०४६ सालपछि पटक पटक काँग्रेस विपक्षमा बस्दै आएको छ । काँग्रेस सरकारमा रहँदा जनताको पक्षमा काम गर्छ र विपक्षमा हुँदा जनताको पक्षमा नै बोल्छ । यसअघि कम्युनिष्टहरुले धेरै पटक सरकार बनाएका छन् । उनीहरुले गलत काम गर्दा काँग्रेसले औंलो ठड्याएको छ । पटक पटक भएका जनआन्दोलनको नेतृत्व काँग्रेसले गरेको छ तर हामी अरु पार्टीजस्तो प्रचार गर्न नजानेकाले काँग्रेसले केही नगरेजस्तो देखिएको हो । देशलाई नयाँ ढंगले परिवर्तन गर्ने काम काँग्रेसकै नेतृत्वमा भएको छ । यो पाँच वर्षको अवधिमा दायाँ बायाँ नगरीकन विपक्षमा बसेर पार्टी निर्माण र संगठन विस्तारमा हामी सबै एकजुट भएर लाग्नुपर्छ ।
० निर्वाचनमा काँग्रेस किन कमजोर भयो ?
निर्वाचनमा जाँदा काँग्रेसले विपक्षीलाई कसरी कमजोर पार्दै जाने भन्ने सोच्न सकेन । पार्टीभित्र देखिएको गुटबन्दीले पनि ठूलो असर गरेको छ । पार्टी निर्माणको लागि धेरै व्यक्तिका समूह हुनु ठिकै हो तर यसले भने हामीलाई असर गरेको छ । पार्टी कमजोर भएको छ, अन्र्तघात बढेको छ, एकले अर्कालाई स्वीकार्ने पद्धतिमा ह्रास आएको छ । हाम्रो सरकारले जनताको पक्षमा केही राम्रा काम गरे पनि त्यो कुरा जनतामाझ लान सकेनौ । यो पनि एउटा हाम्रो कमजोरी पक्ष छ । पार्टी सभापति शेरबहादुर देउवा भएपछि एकातिर उहाँले पार्टीलाई चलाउन सक्नु भएन भने अर्कातिर कार्यकर्तामा पनि मनमुटाव बढ्दै गयो । काँग्रेसप्रति जनताको सोच र विचार राम्रै भएपनि ती कार्यकर्तालाई र शुभचिन्तकलाई पार्टीले समेट्न सकेन । काँग्रेसीको कमजोरीको कारण सर्वसाधारण जनतालाई मिठा र चिल्ला कुरा गरेर मत लगे । अब सरकारले राम्रो काम गर्न सकेन भने त्यो मत पनि हामीतिरै फर्कने छ । 
० अब काँग्रेसले लिनुपर्ने बाटो के हो ?
अहिले हामी नयाँ राजनीतिक युगमा प्रवेश गरेका छौं । संघीयता कार्यान्वयन गर्न जटिल छ । यो प्रकृयामा धेरै खर्च बढेको छ । प्रशासनिक खर्च कसरी कमगर्ने र देश विकासमा कसरी निरन्तरता दिने भन्ने सोच काँग्रेसमा पनि आउनु जरुरी छ । नेपालमा पूर्वाधारका प्रशस्त सम्भावना भएपनि त्यसलाई व्यवस्थित गर्न सकिएको छैन  । काँग्रेसले यी सबै कुरालाई ध्यानमा राख्दै पार्टी सँगसँगै देश बनाउने अभियानमा लाग्नुपर्छ । निर्वाचनमा किन हा¥यौं र अब कसरी जाने भन्ने प्रष्ट दृष्टिकोण  नहुन्जेलसम्म यस्तो समस्या रहिरहन्छ । केहीकेही मानिसहरुले काँग्रेसले चुनाव गराउँदै भनेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आलोचना गरेका थिए । तर आफू हार्ने वा जित्ने भन्दा पनि देशले जित्नुपर्छ भनेर काँग्रेसले चुनाव गरायो । ०५१ सालमा र ०६४ सालमा पनि हामी हारेकै हौं । तर पनि हामीलाई चिन्ता छैन । हारबाट पनि केही पाठ सिक्न सकिन्छ । यसपालिको प्रदेश निर्वाचनमा मैले पनि हारेँ । कसैलाई दोष दिन चाहन्न । स्थानीय चुनावमा टिकट नपाएका साथीहरुको केही असहयोग भयो । अर्कातिर आन्तरिक गुटबन्दी व्यवस्थापन गर्न सकिएन । सबैभन्दा ठुलो कुरा विपक्षीको गठबन्धन नै हाम्रो लागि घातक भयो । 
० सरकारले देशमा आर्थिक संकट भएको भनेको छ ? तपाई पनि यो क्षेत्रसँग जानकार हुनुहुन्छ के त्यस्तै संकट आएको हो त ?
संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले देश आर्थिक संकटमा फसेको र केही काम गर्न नसकिने बताउनुभयो । आफ्नो अवस्था जेजस्तो भएपनि संसदमा त्यसरी सम्बोधन गर्नु हुँदैनथ्यो । खर्च गर्दागर्दै अवस्था अलिकति कमजोर भएपनि त्यसरी सर्वस्व सकियो र देश टाँट पल्टियो भन्नु हुँदैनथ्यो । ढुकुटी कहिले रित्तो हुन्छ कहिले भरि हुन्छ । रित्तो ढुकुटीमा अर्थ संकलन गर्न सरकारले केही राम्रा विकल्पहरु त्यार गर्नुपर्छ । युवालाई देशमै रोजगार दिनसक्नु पर्छ । उद्योग कलकारखानहरु सञ्चालन गर्न सक्नुपर्छ । राजश्वका थप बाटाहरु सृजना गर्नुपर्छ । देशमा भएका साधनस्रोतको सही उपयोग गर्नुपर्छ । उद्योगमा लगानी बढाउनुपर्छ ।

 

 

 


1524076599newyear.jpg

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

बर्दियाको राजापुरमा अमर शहीद भूपु विद्यार्थी क्लवको तदर्थ समिति गठन

राजापुर, बर्दिया, असार ११ गते । बर्दियाको राजापुरमा रहेको अमर शहीद श्री दशरथ चन्द मा.वि राजापुरमा आज अमर शहीद भूपु...

यी हुन् एमालेबाट मन्त्रीका प्रबल दावेदारहरु

राष्ट्रपतिको निर्वाचन सकिएसँगै आगामी केही दिनभित्रै तेस्रोपटक मन्त्रिपरिषद् विस्तार हुने भएपछि नेकपा...

Advertisement
Advertisement

Subscribe our Newsletter