गोपाल जिसीको नेतृत्वमा क्रान्तिकारी पत्रकार महासंघ ४ नं. प्रदेशको भेला भव्य रुपमा सम्पन्न

13 दिन अगाडी

पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघ प्रदेश नं ४ को भेला भव्य रुपमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाको भवनमा बिहीबार सम्पन्न भएको भेलाले नवदृष्टि डटकमका प्रधान सम्पादक गोपाल जिसीको नेतृत्वमा एक सदस्य पछि थप्ने गरी ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । सदस्यहरुमा नेपाल पत्रकार महासंघ नवलपुरका सदस्य सञ्जय तिवारी, वर्गदृष्टि साप्ताहिकका संवाददाता राजेन्द्र सुवेदी, रेडियो कुसुमका समाचार वाचक निर्मल पौडेल, दाउन्ने साप्ताहिककी संवाददाता शोभा जिसी, रेडियो वुर्तिवाङका सुमन विश्वकर्मालगायत रहेका छन् । 

भेलाको उद्घाटन संगठनका केन्द्रीय अध्यक्ष इन्द्र राउतले मैनबत्ती बालेर गरेका थिए । भेलामा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिव रामकुमार श्रेष्ठ, केन्द्रीय समितिका कार्यालय सदस्य लोकराज जैसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, महासंघका कास्की शाखा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण बास्तोला लगायतका पत्रकार नेताहरुको उपस्थिति रहेको थियो भने क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा ४ नं.प्रदेश सचिव श्रीनाथ अधिकारी, सोही पार्टीका पिविएम तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ४ नं. प्रदेश संयोजक केशबहादुर परियार, पार्टी केस नारायण अधिकारी, पार्टी कास्की सचिव कर्णबहादुर पुन, क्रान्तिकारी बुद्धिजीबी परशुराम कोइराला लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 
‘राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा पत्रकारको भूमिका’ विषयक अन्तक्र्रिया समेत राखिएको भेलालाई सम्बोधन गर्दै भेलाका विशेष अतिथि क्रान्तिकारी माओवादीका नेता श्रीनाथ अधिकारीले पत्रकारहरुले देश र जनतालाई केन्द्रमा राखेर पत्रकारिता गर्नुपर्ने विचार व्यक्त गरे । उनले भने, “क्रान्तिकारी माओवादीको भर्खरै सम्पन्न बैठकले नेपालमा क्रान्तिको आवश्यकता रहेको ठहर गरेको छ र सोही अनुसार क्रान्तिकारी क्रियाकलाप पनि गरिरहेको छ । अहिले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल अवस्थामा रहेका छन् । यी समस्याहरुको समाधानका लागि क्रान्तिको विकल्प छैन । पत्रकारहरुले देश र जनतालाई केन्द्रमा राखेर कलम चलाउन जरुरी छ ।”
भेला तथा अन्तक्र्रियाका प्रमुख अतिथि तथा संगठनका अध्यक्ष इन्द्र राउतले मूलधारका मिडियाहरुले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई स्थान नदिने गरेको चर्चा गर्दै मिडियाका कन्टेन्टहरु कर्पोरेट हाउसहरु, बहुराष्ट्रिय कम्पनी, सत्ता र शक्तिको प्रभाव अनुसार निर्धारण हुने गरेको आरोप लगाए । उनले भने, “अहिले सरकारी कार्यालयहरुमा कालापानी–लिपुलेक, सुस्ता लगायत १० हजार वर्ग किमीभन्दा बढी नेपाली भूमि गायब पारिएको नक्सा झुण्ड्याइएको छ, भ्रष्टाचारले सीमा नाघेको छ, महंगी र कर वृद्धिले जनताको ढाड सेकेको छ, तर त्यस्ता समाचारहरुलाई मूलधारका मिडियाहरुले स्थान दिएका छैनन् । मिडियाहरु आवाजविहीनहरुको आवाज बन्नुपर्नेमा सत्ता र शक्तिवालाहरुको मुखपत्र जस्ता बनेका छन् ।” 

अध्यक्ष राउतले सरकारले ल्याएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी संहिताहरु तत्काल खारेज नगरे क्रान्तिकारी पत्रकार महासंघको नेतृत्वमा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए । 

राउतले प्रेस काउन्सीलले ल्याउन लागेको इलेक्ट्रोनिक मिडिया वर्गीकरण प्रस्तावले साना तथा स्वरोजगार मिडियाहरुलाई निषेध गर्ने र मुठ्ठीभर ठूला मिडियाको मात्र पक्षपोषण गर्न खोजेकोले वर्गीकरण नीति साना लगानी तथा स्वरोजगार मिडिया मैत्री बनाउनुपर्ने पनि धारणा राखे । उनले भने, “साना तथा स्वरोजगार मिडियाहरुले आफ्नो अस्तित्व धान्न अब उनीहरुसँग संघर्षबाहेक अन्य विकल्प छैन ।”
उनले विद्युतीय कारोबार ऐन लगाएर सरकारले समाचार लेखेकै कारण पत्रकारहरुको हातमा हत्कडी लगाउने गरेको भन्दै त्यो ऐन खारेजी हुनुपर्ने समेत बताए । 
भेलालाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका ४ नं. प्रदेश संयोजक केशबहादुर परियारले सिंहदरबारको भ्रष्टाचार गाउँ गाउँसम्म महामारीको रुपमा फैलिएको चर्चा गर्दै सरकारले दुई तिहाईको दम्भ देखाएर जनतामाथि निरंकुशता लाद्ने हो भने जनता बन्दुक उठाउन बाध्य हुने चेतावनी दिए ।


1542619455happy-christmas-400x300.jpg

Advertisement
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter