गौतम गम्भीरद्वारा सन्यास

14 दिन अगाडी

काठमाडौं । पछिल्लो दुई वर्षदेखि भारतीय टिममा पर्न नसकेका भारतीय क्रिकेटर गौतम गम्भीरले सबै प्रकारको क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।  गम्भीरले आफ्नो फेसबुक पेजमा एक भिडियो पोस्ट गरेर सन्यासबारे जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘सबैभन्दा मुश्किल निर्णय भारी मन लिएर गरिन्छ । मैले भारी मनसहित त्यो घोषणा गर्दैछु, जसबारे म जीवनभर डराइ रहेँ ।’
गम्भीरले सबैभन्दा लामो समय भारतीय टिममा टेस्ट, एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी क्रिकेटका महत्वपूर्ण ब्याट्सम्यान रहे । सन् २०११ को विश्वकप फाइनलमा उनले सर्वाधिक ९७ रन बनाएका थिए । उनकै रनको सहयोगमा भारत विजेता बनेको थियो ।
३७ वर्षका गम्भीरले सन् २००३ मा बंगलादेशविरुद्धको टेस्ट क्रिकेटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । अर्को वर्ष उनी अस्ट्रेलियाविरुद्धको खेलबाट एक दिवसीयमा डेब्यु गरे ।
उनले ५८ टेस्ट क्रिकेटमा ४ हजार १५४ रन बनाएका छन् । यसमा ९ शतक र २२ अर्धशतक रहेका छन् । यस्तै १४७ एक दिवसीय क्रिकेटमा उनले पाँच हजार २३८ रन बनाएका छन् । यसमा ११ शतक र ३४ अर्धशतक रहेको छ । ३७ अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा उनले ९३२ रन बनाएका छन् । एजेन्सी


1542619455happy-christmas-400x300.jpg

Advertisement
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter