जनकवी दुर्गालाल सम्मानित

14 दिन अगाडी

हरि श्रेष्ठ
मध्यपुर थिमि । “जनवाद लागु गरौं, व्यक्तिबादको विरोध गरौं” भन्ने नाराका साथ भक्तपुर जिल्लाको पश्चिमी भेकमा राजनीतिक, शैक्षिक, सामाजिक जागरणमा अतुलनीय योगदान पु¥याउनु भएका शहिद बैकुण्ठ हरि श्रेष्ठको  स्मृतिमा  स्थापित बैकुण्ठ हरि श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा प्रमुख अतिथि प्रगतिशील बालसाहित्यकार शान्तदास मानन्धरले देश र जनताको लागि विशेष योगदान पु¥याएका व्यक्तिहरु मध्ये एक जनकवि दुर्गालाल श्रेष्ठलाई यस वर्षको “बैकुण्ठ हरि श्रेष्ठ स्मृति पुरस्कार तथा सम्मान—२०७५” प्रदान गरियो  । 
बैकुण्ठ हरि श्रेष्ठको ८५औं जन्म जयन्तिको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिनुहुदैं श्री मानन्धरले जनप्रतिनिधिहरुले जनताको मनोभावना बुझेर काम गर्नु पर्ने र जनता बीच गएर जनताको सुखदुःख र आवश्यकता बुझ्नु पर्ने बताउनु भयो । सम्मानीत व्यक्तित्व जनकवि दुर्गालाल श्रेष्ठले स्वर्गिय बैकुण्ठ हरि श्रेष्ठ जस्तो त्यागी राजनीतिज्ञ तथा समाजसेवीको नामबाट  स्थापित पुरस्कार र सम्मान पाउँदा आफु गौरवान्वीत भएको बताउनु भयो । 
प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेल, नेपाल भाषा आन्दोलनका अगुवा तथा शिक्षाविद नरेन्द्रभक्त हाडा, प्रदेश नं. ३ का सांसदहरु डा. राजेन्द्रमान श्रेष्ठ तथा प्रतिमा श्रेष्ठ, परराष्ट्रविद तथा पूर्वराजदुत हिरण्यलाल श्रेष्ठले बैकुण्ठ हरि श्रेष्ठले भक्तपुर जिल्लामा बामपन्थी विचारधाराको विकासमा पु¥याउनु भएको योगदानको चर्चा गर्नु भयो ।  मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले हाल विकास निर्माणको कामलाई तिव्रता दिएको तथा यसरी विकास निर्माणको काम गर्दा अधिकतम जनताको हितमा काम गरेकाले जनवादी तरिका अवलम्बन गरेको जिकिर गर्नुभयो । वडा नंं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठले बैकुण्ठ हरि श्रेष्ठको योगदानबारे चर्चा गर्नुहुँदै प्रतिष्ठानलाई आवश्यक सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो ।  
प्रतिष्ठानका सचिव कृष्णमोहन श्रेष्ठले सञ्चालन गर्नु भएको उक्त समारोहका सभापति तथा प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जनकवि दुर्गालाल श्रेष्ठले पञ्चायती क्रुरशासनकालमा पनि मध्यपुर थिमिका जनताको चेतनास्तरको विकासका लागि “सगँ” नामक साहित्यिक पत्रिका प्रकाशनमा गरेको अतुलनीय योगदानाको चर्चा गर्नुुहुँदै प्रतिष्ठानले समाजमा व्याप्त व्यक्तिवादी प्रवितिको विरोधका साथै जनवादलाई आत्मसात गरी व्यवहारिक जीवनमा लागु गर्न प्रयत्नरत रहेको बताउनु भयो ।  
स्वातग मन्तव्य दिनुहुँदै प्रतिष्ठानका सदस्य हरिवहादुर श्रेष्ठले प्रतिष्ठानले स्थापना गरेको उक्त पुरस्कार तथा सम्मान देश र जनताको लागि विशेष योगदान गरेका व्यक्तित्वहरुलाई हरेक दुईदुई वर्षमा दिईदै आएको  बताउनु हुँदै साहित्य मार्फत जनताको चेतनास्तर अभिबृद्धि गर्न जनकवि दुर्गालाल श्रेष्ठले गरेका अणुकरणीय र अतुलनीय कार्य प्रोत्साहन  तथा सम्मान गर्दै यस वर्ष उहाँलाई प्रतिष्ठानले पुरस्कृत तथा सम्मानीत गरेको बताउनु भयो । 
राष्ट्र र समाजको सेवामा आफ्नो जीवन व्यतित गरेका व्यक्तिहरुको सम्मानमा स्थापित यस किसिममा संस्थाहरुले समाजमा भएका विविध विसंगति त्यागी राष्ट्र निर्माणमा समर्पित गर्न नयाँ पुस्तालाई  अभिप्रेरित त गर्छ नै प्रतिष्ठानले तय गरेका नारा जनवाद लागु गरौं, व्यक्तिवादको विरोध गरौंले हाल समाजमा भएका व्यक्तिवादी प्रवितिलाई निरुत्साहित गरी अधिकतम जनहितमा कार्य गर्न समाजसेवी, नागरिक एवं जनप्रतिनिधिहरुलाई समेत मार्ग निर्दशन गर्दछ । जबसम्म समाजमा भएका विसंगति तथा भ्रष्ट प्रविति निर्मुल गर्न सकिदैन तवसम्म देश विकास हुँदैन । देशमा भएका सम्पूर्ण नागरिकहरुमा राष्ट्र प्रति अपनत्वको भावना विकास हुनु पर्दछ । अपनत्वको भावना विकास गर्न राज्यस्तरमा आफ्नो सामाजिक, भाषिक, साँस्कृतिक पहिचान, राजनीतिक प्रतिनिधित्वको विषयमा सबै क्षेत्र, वर्ग सचेत भई त्यस्को आवश्यक व्यवस्था गरिनु आवश्यक छ । जनवादले एकै जाति, एकै भाषाको मात्र अस्तित्वको कल्पना गरेको हुँदैन यसले त राज्यमा भएका सबै जातजाति, सबै भाषाभाषीको राज्य स्तरमा समान हैसियत, सहभागीता र सहअष्तित्वको कल्पना गरेको हुन्छ । यसलाई राज्यस्तरबाट नै सबै जातजाति, सबै भाषा भाषिको नैसर्गिकक अधिकारको रुपमा लिई सो अनुसार राज्य सञ्चालन गरे राज्यको जनवादी चरित्र देखिन्छ ।   

 


1542619455happy-christmas-400x300.jpg

Advertisement
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter