प्राविधिक र गुणस्तरीय शिक्षामा जोडः अध्यक्ष तिमिल्सिना

13 दिन अगाडी

पोखरा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्राविधिक एवं गुणस्तरीय शिक्षा राज्यको पहिलो प्राथमिकता भएको बताएका छन् । 
पर्वत जिल्ला मोदी गाउँपालिका–७ राम्जाठाँटीस्थित पशुपति माविको स्वार्णजयन्ती समारोहको आज उद्घाटन गर्दै उनले भने, ‘मुलुकको समृद्धिका लागि प्राविधिक एवं व्यावसायिक शिक्षाको विकल्प छैन् ।’ 
अध्यक्ष तिमिल्सिनाले पढेर जागिर मात्र खानुपर्छ भन्ने सोचमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता माथि जोड दिदैं प्राप्त शिक्षालाई समाज र राष्ट्रको हितमा उपयोग गर्नुपर्नेमा जोड दिए । 
देशको परिवर्तित अवस्थामा सरकारले आगामी फागुन २१ गते भित्रमा ३३९ वटा विद्यमान ऐन कानून परिमार्जन गर्न लागेको जानकारी दिँदै उनले यसबीचमा १२४ वटा नयाँ कानून बन्ने बताए । 
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई पर्यटनको राजधानी घोषणाका लागि सङ्घसँग आवश्यक पहल भइरहेको बताए ।
सरकारको नीति तथा कार्यक्रममा नै प्रदेशभित्र ३०० वटा होमस्टेको विकास गर्ने लक्ष्य राखिएको बताउँदै उनले प्रत्येक होमस्टेलाई पूर्वाधार विकासका लागि प्रथम चरणमा रु १० लाख सहयोग प्रदान गर्ने जानकारी दिए । होमस्टेको समग्र विकासका लागि प्रतिहोमस्टे रु ३० लाख दिने सरकारको योजना रहेको पनि जानकारी दिए । 
नेपालका लागि पाकिस्तानका राजदूत मझहर जावेदले नेपाल र पाकिस्तानबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अभैm प्रगाढ हुने बताउँदै दुई देशबीच शैक्षिक साझेदारी हुने विश्वास व्यक्त गरे । 
राजदूत जावेदले पशुपति माविको कक्षा १ देखि १० सम्म प्रथम हुने विद्यार्थी एवं उक्त कक्षाका उत्कृष्ट छात्रालाई जनही रु १०÷१० हजार छात्रवृत्तिका साथै अन्य सहयोग प्रदान गर्ने घोषणा पनि गरे । 
विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद पौडेलले विद्यालयका गतिविधिबारे प्रकाश पारे । उक्त अवसरमा पञ्चासे क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गणेश सिं ठकुरी र विक्रम बोगटी क्रमशः प्रथम र द्वितीय तथा सुमन कुलुङ तृतीय स्थान प्राप्त गरेको छ । 

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ७५, रु ५० र रु ३० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । रासस


1542619455happy-christmas-400x300.jpg

Advertisement
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter