बेलायतका यी व्यक्ति कुनै बेला एयरपोर्टमा क्लिनरको काम गर्थे तर अहिले एयरलाइन्सका मालिक

2 महिना अगाडी

एजेन्सी, जेठ ३१ । बेलायतका एक व्यक्तिले सफलताको नयाँ इतिहास लेखेका छन् । कुनै बेला एयरपोर्टमा सरसफाइको काम गर्ने यी व्यक्तिले आफ्नो एयरलाइन्स लञ्च गर्दैछन् । लण्डनमा बस्ने यी व्यक्तिको नाम काजी साफिकुर रहमान हो । उनी आफूलाई ‘हलाल रिचर्ड ब्रान्सन’ भन्न रुचाउँछन् ।
काजी रहमानको एयरलाइन्सको नाम फिरनास एयरवेज हो । आफ्नो पहिलो उडानसँगै फिरनास एयरवेज शरियत कानूनमा चल्ने ब्रिटेनको पहिलो एयरलाइन्स बन्नेछ ।
यसको अर्थ, यो एयरलाइन्सले तपाईंलाई इस्लामको कानून अनुसार सुविधा दिनेछ । अर्थात्, यो एयरलाइन्समा तपाईंले रक्सी सेवन गर्न पाउनु हुन्न, विमानभित्र इस्लामिक खाना पस्किइनेछ र क्याबिन क्रुको हिजाबसहितको भिन्न पहिरन देख्न पाउनुहुन्छ ।
बंगलादेश मूलका काजी रहमानको जीवनबारे च्यानल फोरले ‘हाउ टु स्टार्ट एन एयरलाइन्स’ नामक डकुमेन्ट्री प्रसारण गरेको छ ।
काजीको योजना भविष्यमा ब्रिटेनबाट यूएई, पाकिस्तान, बंगलादेशका लागि सेवा दिनु हो ।
साथै, यो एयरलाइन्समा तपाईंले हिजाब लगाएकी एयरहोस्टेज पनि देख्न सक्नुहुन्छ ।
३२ वर्षका काजी रहमान एक सन्तानका पिता हुन् । उनी आफ्नो परिवासँग ११ वर्षको उमेरमा सन् १९९७ मा ब्रिटेन आएका थिए ।
उनले विद्यालयमा पढाई सकाएपछि लण्डन सिटि एयरपोर्टमा सरसफाई कर्मचारीको रुपमा काम सुरु गरेका थिए । उनले आफ्नो डकुमेन्ट्रीमा उनी सुरुदेखि नै ठूलो सोच राख्ने व्यक्ति भएको बताए । क्लिनरको काम गर्न पनि उनी सुटबुट लगाएर जाने गरेको बताए ।
काजी रहमानको सफलता उनको परफ्युम व्यवसाय सुन्नामस्कबाट प्राप्त भएको हो । उनका सात दाजुभाइ दिदीबहिनी मध्येका एक इजिप्टमा बस्थे । उनले नै त्यहाँबाट उनलाई परफ्युम पठाउने गर्दथे । उनको व्यवसाय निकै फस्टायो । सन् २००९ मा कम्पनी स्थापित गरेर पाँचवटा स्टोर खोले ।
उनका भाई काजी अबिदुर रहमान, सुन्नामस्कका मुख्य कार्यकारी अधिकारीले उनले डकुमेन्ट्रीमा भने, ‘उनलाई धेरैले घृणा गर्छन् तर उनको समर्थनमा पनि धेरै छन् ।’
यदि फिरनासले राम्रो गर्न सकेन भने यसले हाम्रो इज्जतमा दाग लाग्नेछ । हाम्रो समाजमा इज्जत नै सबैकुरा हो ।’
रहमान आफ्नो वास्तविक प्यासन एभिएसन भएको बताउँछन् । आफूले बाल्यवस्थादेखि नै यसबारे सपना देख्ने गरेको उनले बताए ।
उनले भने, ‘हामी निकै चाँडै हुर्कियौं । अहिले मेरो वास्तविक प्यासन बिस्तार गर्ने बेला आएको छ ।’
‘जब म विमान देख्छु तब म उत्साहित भइहाल्छु । यसले मलाई खुसी दिन्छ । यसप्रति मेरो लगाव पहिलो पटक विमान देख्दा नै थाहा पाएको थिएँ ।’
अहिले फिरनास एयरवेज आफ्नो १९ सिटे विमानलाई भाडामा उपलब्ध गराउँदै छ । काजीका अनुसार उनको फिरनासले चाँडै नै पहिलो उडान भर्ने तयारी गरिरहेको छ ।


बेलायतका यी व्यक्ति कुनै बेला एयरपोर्टमा क्लिनरको काम गर्थे तर अहिले एयरलाइन्सका मालिक

Click to Zoom




1524076599newyear.jpg

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

बर्दियाको राजापुरमा अमर शहीद भूपु विद्यार्थी क्लवको तदर्थ समिति गठन

राजापुर, बर्दिया, असार ११ गते । बर्दियाको राजापुरमा रहेको अमर शहीद श्री दशरथ चन्द मा.वि राजापुरमा आज अमर शहीद भूपु...

बर्दियाली गायक दानबहादुरको “डिजे गानाले” बजारमा

बाँसगढी, असार ९ । अहिलेको जेनेरेशनले खोजे अनुसारको “डिजे गानाले.. ” भन्ने डान्सींङ्ग गीत हालसालै बजारमा...

Advertisement
Advertisement

Subscribe our Newsletter