मानवअधिकार परिषदबाट अमेरिका बाहिरियो

1 महिना अगाडी

एजेन्सी, असार ६ गते । अमेरिकाले संयुक्त राष्ट्रस‌ंघ मानव अधिकार परिषदबाट बाहिरिएको घोषणा गरेको छ। 
अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र संयुक्त राष्ट्रका लागि अमेरिकी दूत निकी हेलीले साझा प्रेस वार्तामा यसबारे घोषणा गरेका हुन्। परिषद्का प्रमुख जेद बिन राद अल हुसेनले अमेरिकाले मानवाधिकारको रक्षाबाट बाहिरिन नहुने धारणा राखेका छन्। ‘एक तथाकथित मानवाधिकार काउन्सिल भेनेजुएला र इरानमा भइरहेको मानवाधिकारको उल्लंघनबारे केही बोल्न सक्दैन र कंगोजस्तो देशलाई नयाँ सदस्यको रूपमा स्वागत गर्छ भने यसले अब मानवाधिकार परिषद् भनिने अधिकार गुमाएको छ।’ राजदूत निकी हेलीले भनिन् ‘वास्तवमा यस्ता संस्थाले मानवा अधिकारलाई क्षति पुर्‍याउँछन्।’ 
यो राजनीतिक पक्षपातसँग प्रेरित छु उनले भनिन्, ‘म यो स्पष्ट पार्न चाहन्छु कि काउन्सिलबाट बाहिरिनुको अर्थ हामी मानवाधिकारप्रतिको जिम्मेवारीबाट पन्छिन खोजेका होइनौँ।’ अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पनि युएनएचआरसीको उद्देश्यमाथि प्रश्न उठाउँदै यसले आफ्नो विचारलाई कायम राख्न असफल भएको आरोप लगाएका छन्। 
‘कुनै बेला यूएनएचआरसीको उद्देश्य उत्कृष्ट थियो भन्ने कुरामा शंका छैन। तर आज यसले मानवाधिकारको बलियोसँग रक्षा गर्न सकिरहेको छैन’, उनले भने, ‘योभन्दा खराब त काउन्सिलले अहिले निर्लज्ज र पाखण्डसहित संसारको विभिन्न हिस्सामा भइरहेको मानवाधिकारको उल्लंघनलाई नजरअन्दाज गरिरहेको छ।’ पोम्पियोका अनुसार मानवाधिकारको उल्लंघनको सबैभन्दा गम्भीर आरोप लागेका देशसमेत यसका सदस्य छन्। 
प्रवासी बालबालिकालाई आमा–बुबाबाट अलग्गाएका कारण ट्रम्प प्रशासनको अत्यधिक आलोचना भइरहेका बेला अमेरिकाको यस्तो निर्णय सार्वजनिक भएको हो। यसअघि ह्युमन राइट्स वाच नामको मानवाधिकार समूहले डोनल्ड ट्रम्पको नीतिलाई ‘एकतर्फी’ भन्दै यसको आलोचना गरेको थियो।

 


1524076599newyear.jpg

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

बर्दियाको राजापुरमा अमर शहीद भूपु विद्यार्थी क्लवको तदर्थ समिति गठन

राजापुर, बर्दिया, असार ११ गते । बर्दियाको राजापुरमा रहेको अमर शहीद श्री दशरथ चन्द मा.वि राजापुरमा आज अमर शहीद भूपु...

यी हुन् एमालेबाट मन्त्रीका प्रबल दावेदारहरु

राष्ट्रपतिको निर्वाचन सकिएसँगै आगामी केही दिनभित्रै तेस्रोपटक मन्त्रिपरिषद् विस्तार हुने भएपछि नेकपा...

Advertisement
Advertisement

Subscribe our Newsletter