अग्रणी महिलालाई दबाब समूहको सम्मान

2018-07-09

काठमाडौं । महिला सुरक्षा दबाब समूहले स्थानीय तहको निर्वाचनमा निर्वाचित उपप्रमुखलाई आज सम्मान गरेको छ ।
राष्ट्रिय महिला आयोगको सभाहलमा आयोजित कार्यक्रममा समूहको २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा अग्रणी महिलालाई सम्मान तथा बधाई र शुभकामनाको आयोजना गरेको समूहकी केन्द्रीय सदस्य मीना स्वर्णकारले जनाउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उहाँहरुलाई सम्मान तथा बधाई ज्ञापन गर्नुभएको हो । मन्त्री थापाले कला क्षेत्रकी अग्रणी उर्मिला गर्ग र शिक्षा तथा स्काउटिङमा अग्रणी महिला रामबदन जोशीलाई दोसल्ला ओढाएर र प्रमाणपत्र दिएर सम्मानसम्मान गर्नुभएको हो । समूहले काठमाडौं, ललितपुर र भक्तपुरका महिला उपप्रमुखलाई बधाई दिँदै प्रशंसापत्र प्रदान गरेको छ ।
स्वर्णकारका अनुसार दवाव समूहमा आवद्ध सांसदका साथै अन्य जिल्लामा रहेर उपप्रमुख बनेकालाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । समूहकी अध्यक्ष साबित्री थापाले स्थापना गर्नुभएको अक्षयकोषबाट वार्षिक रुपमा सम्मान गर्दै आएको आयोजकले जनाएको छ । थापा वर्तमान अध्यक्ष हुनुहुन्छ । गतवर्षको कार्यक्रममा प्रशंसापत्र प्रदान गरिने सूचीमा रहेका र त्यतिबेला छुटेका स्वर्णकारसहित अन्यलाई पनि आजै प्रशंसापत्र वितरण गरिएको थियो । ७ वर्षीया बालिकालाई अपहरण गरेको घटनालाई सम्झिएर विभिन्न सामाजिक महिला संघसंस्थाको सहभागितमा महिला सुरक्षा दबाब समूह गठन गरिएको थियो । 

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter