अनर्गल प्रचार नगर्न दाहालको आग्रह

17 दिन अगाडी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पार्टी नेताहरुका विरुद्ध भइरहेको दुष्प्रचार बन्द गर्न आग्रह गरेको छ । पछिल्ला दिनमा नेकपाको आन्तरिक वैचारिक बहसका विषयलाई लिएर भइरहेको गलत प्रचार तथ्यमा आधारित नरहेको पनि सचिवालयले स्पष्ट पारेको छ । 
अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आज ‘प्रेस नोट’ जारी गरी केही दिनयता पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माका सम्बन्धमा विभिन्न माध्यमबाट प्रकाशित÷प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ । पछिल्लो समय नेता शर्माले पार्टीलाई वैचारिक तथा साङ्गठानिक रुपमा थप एकताबद्ध बनाउन भूमिका निर्वाह गर्दै आउनुभएको छ । 
“आन्तरिक वैचारिक बहस एक जीवन्त पार्टीका विशेषताहरु हुन्, तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेतामाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ”, सापकोटाद्वारा जारी प्रेस नोटमा भनिएको छ । पार्टी एकतादेखि आजसम्मको काममा नेता शर्माले अध्यक्ष दाहाललाई सहयोग गर्दै आउनुभएको उल्लेख गर्दै अध्यक्ष दाहालको सचिवालयले अहिलेको पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएकोमा प्रष्ट पारेको छ । उहाँले नेता शर्मामाथि अध्यक्ष दाहालसँग जोडेर गरिएका भ्रामक प्रचारलाई खारेज गर्नुभएको छ । 
गत असारमा बसेको नेकपाको स्थायी कमिटी बैठकमा नेता शर्माले एकताका लागी सबैले आआफ्नो अहम् छाडेर  रुपान्तरित हुन जरुरी रहेको धारणा राख्नुभएको थियो । आफ्ना कमीकमजोरी स्वीकार्न, आफैँलाई सच्चाउने, छलफल र बहस गर्दै नयाँ निष्कर्षमा पुग्ने विषयमा रुचीपूर्वक लाग्नुपर्नेमा जोड दिँदै उहाँले रुपान्तरणका साथ एकताबद्ध हुनुमै राष्ट्रको भविश्य रहेको बताउनुभएको थियो । 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter