अनलाईनलाई व्यवस्थित बनाउन नयाँ निर्देशिका ल्याउँछौंः मन्त्री तामाङ

2018-05-02

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले केही दिनभित्रै अनलाईन मिडियाहरुलाई व्यवस्थित र मर्यादित बनाउनको लागि सरकारले छिट्टै नयाँ निर्देशिका ल्याउने बताएका छन् । 
न्यूज लाईन्स् मिडिया प्रा.लि.को प्रथम वार्षिकोत्सवको अवसरमा बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तामाङले यस्तो बताएका हुन । ‘च्याउजस्तै उम्रेका अन्लाईन मिडियालाई व्यवस्थ्ति, मर्यादित र नीतिगत सुधारका लागि सरकारले निर्देशिका ल्याउँदैछ’ उनले भने,‘त्यसबेला सरकारलाई कडा रुपमा प्रस्तुत भयो नभन्नुहोला, अतिरञ्जित समाचारहरुले समाजमा नकारात्मक प्रभाव पारेका छन्, ती कुराहरुलाई पत्रकार महासंघ, प्रेस काउन्सीलले पनि हेर्नुपर्छ ।’ 
मन्त्री तामाङले पछिल्लो समय नेपाली अनलाईन मिडियाहरुले पत्रकारिता भन्दा बढि अनुमानकारिता गरिरहेको आरोप लगाए । उनले अघि थपे,‘मन्त्रिमण्डल गठन हुने समयमा अनलाईन खोलेर समाचार हेर्यो, अनलाईनहरुले एक छिनमा एउटालाई मन्त्री बनाईरहेका हुन्छन्, तर केही समयपछि अर्कै मन्त्री बनिरहेको हुन्छ, तर बन्नेबेलामा चाहीँ अर्के व्यक्ति मन्त्री बन्छ, हो यही हो अनुमानकारिता, अनलाईनहरुलाई व्यवस्थित बनाउन र, सत्य र तथ्यमा आधारित न्यूज प्रकाशनको लागि हामी छिट्टै नयाँ निर्देशिका ल्याउँछौं।’ यद्धपी उनले सरकारले प्रेस स्वतन्त्रतामाथि कुनैपनि अवरोध नगर्ने विश्वास दिलाए । 
न्यूज लाईन्स् मिडिया नेटवर्ककी निर्देशक रिता ढकाल भट्टको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकमा व्याप्त रहेको भ्रष्टाचार नियन्त्ररण गर्नको लागि सरकार पूर्ण कटिवद्ध रहेको विश्वास दिलाए ा । उनले भने,‘मुलुकको समृद्धिको पहिलो बाधक भ्रष्टतन्त्र हो, अहिलेको सरकार यस्ता गलत प्रवृतिको अन्त्य गर्नको लागि निरन्तर लागिपरेको छ, सुशासन हाम्रो पहिलो शर्त हो ।’
उनले अघि थपे,‘न्यूज लाईन्स् मिडियाको प्रथम वार्षिकोउत्सवमा पत्रकार जगतलाई आग्रह गर्न चाहन्छु, अब सरकारका हरेक कामकारबाहीहरुलाई मिडियाले निश्पक्ष भएर निगरानी गर्नुपर्छ, यदि सरकार गलत भए तपाईहरुले खबरदारी गर्न सक्नुहुन्छ।’
त्यस्तै पत्रकार महासंघका महासचिव रमेश बिष्टले स्थानीय तहदेखी केन्द्रसम्म प्रेसमैत्री ऐन÷कानून निमार्ण गर्न कानूनमन्त्री तामाङ्लाई आग्रह गरेका छन् । उनले भने,‘सरकार लोकतान्त्रिक छ, यसमा हामी विश्वस्त छौँ, तर सत्ताको मात लागेर कहिलेकाँही प्रेसमाथि हेर्ने दृष्टिकोण तलमाथि भएको खण्डमा हामी त्यसबेला खबरदारी गर्छौ।’

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter