अन्जली अधिकारीको अभिनयमा बेबी शावरको म्यूजिक भिडियो बजारमा (भिडियो सहित)

22 दिन अगाडी

काठमाण्डौ ।  पशुपतिमा सुनको गजुर,मौनतामा,नेपालकी छोरी,परदेशीको तिहार जस्ता थुपै म्यूजिक भिडियोहरु नेपाली साँगेतिक बजारमा ल्याएको डि फोर क्रियशनले वेवी शावर नामक शुभकामना गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।  
परदेशमा रहेर नेपाली गीत रचनामा सक्रिय गीतकार दुर्गा खनाल घिमिरेले रचना गरेकोे वेवि शावर सम्भवत पहिलो नेपाली गीत नै हुन सक्छ जुन गीतलाई डि फोर युटुब्ब च्यानल मार्फत बिहिबार  सार्वजनिक गरिएको छ । गायक प्रताप दास र मिलन नेवार अमात्यको श्वरमा रहेको गितमा आयुश रिजाल,अन्जली अधिकारी,रश्मी भट्ट ,कमल कान्त मैनाली लगायतको अभिनय हेर्न सकिन्छ ।  
अहिले नेपालीहरू संसारभर पुगेका छन् परीवारमा जव नयाँ बच्चा जन्मदैछ भन्ने थाहा पाउने वित्तिकै नेपाली परम्परा अनुसार दहि चिउरा खुवाउने गरिन्छ तर पश्चिमी मुलुकमा गरिने बेबी शावर गरि मनाउँछन । जहाँ गीत संगितमा रमाउने गरिन्छ । तर नेपाली संगितमा अहिले सम्म बेबी शावरलाई नै लक्षित गरेर कुनै गीत नभएको थाहा पाएपछि गितकार दुर्गा खलाल धिमिरेले यो गीत तयार पारेको बताईन् ।
गीतको म्युजिक एरेज र कम्पोज हेम लामाले गरेका छन भने मिक्सिगं मास्टरिगं विवेक शाक्यले गरेका हुन । गीतको प्रोडक्सन मेनेजर शम्भु श्रेष्ठ, मेकअप माही सिंह रहेका छन् ।  गीतको सिनेमाटोग्राफी ज्ञानेन्द्र शर्मा,ईडिट र कलर नविन निरौला, सहायक निर्देशक सुवोल थापा रहका छन । म्युजिक भिडियोको निर्देशन गम्भिर विष्ठले गरेका हुन ।
भिडियोमा  विदेशमा वस्ने नेपाली लाई आफ्नो देशको बैवाहिक परम्परा कस्तो रहेछ भन्ने देख्न पाउँछन् भन गीतको भिडियोमा विवाहमा परिवारको मुल्य मान्यता लाई जोड दिदै माईतिको आगनमा नाच्ने खेल्ने गरेको अवस्था देखि पराईघर जादै गर्दाको र गर्भवती भएर नयाँ बच्चालाई स्वागत गर्न वेला सम्मको अवस्थालाई गीतको म्यूजिक भिडीयोमा समेटिएको निर्देशक गम्भिर बिष्टले बताए । आफुले म्युजिक तयार गरेको वेवी शावर गीत सम्भवत नेपालको पहिलो गीत भएको र आफुले यो गीतमा संगीत भर्न पाउदा खुशी लागेको वताउछन् म्युजिसियन हेम लामा । गीतले पारिवारीक उत्सवलाई अझ रमाईलो र उल्लासमय बनाउने अपेक्षा गरेको गीतकार दुर्गा खनाल घिमिरेले बताईन् ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter