अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनद्वारा ज्योतिषी नवीन चौलागाई महासंघको प्रवक्तामा मनोनित

1 महिना अगाडी

झापा ।  झापाको विर्तामोडमा अन्तर्राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलन होटल ग्रानसिटीमा सम्पन्न भएको छ । विश्व ज्योतिष महासंघ त्यस्तै दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति  र नेपाल ज्योतिष परिषद्को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाल तथा भारतका ख्यातिप्राप्त ज्योतिषीहरुको उपस्थिति रहेको महासंघले जानकारी गराएको छ । उक्त सम्मेलनले दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समितिका नवीन चौलागाईलाई प्रवक्ताको रुपमा मनोनित समेत गरेको छ । मनोनित चौलागाई महासंघमा लामो समयसम्म ज्योतिषीहरुको हकहितका लागि आवाज उठाउदै आइरहेकाले पनि प्रवक्ता जिम्मेवारी पाएका हुन् । नेपाल तथा भारतबाट आएकाहरुलाई सम्मान गरेको छ । 
कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा। रामचन्द्र गौतम, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा. सहदेब बिष्ट विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल, नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डे दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव सुरेश चन्द्र रिजाल लगाएका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
पर्यटन वर्ष २०२० लाई प्रबर्द्धन तथा माता पाथिभराको दर्शनार्थी हरुलाई यस सम्मेलनले दर्शन गर्न आउनका लागि पनि विशेष आवाहन गरेको छ । कार्यक्रममा प्रदेश नवर एकका  कानुन मन्त्री हिक्मत कार्की र विर्तामोड नगर पालिकाका मेयर ध्रवकुमार सिवाकोटी लगायतका विशिष्ट व्यक्ति हरुको उपस्थित रहेको थियो । 
यस सम्मेलनले २०७७ सालमा एक महिना घटाएर ११ महिलाको क्यालेन्डर प्रकाशनमा जोड दिनेहरुलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले महिना घटाएर ११ महिनाको क्यालेन्डर  बनाउन कुनै पनि शास्त्रीय बिधान नभएकाले  सम्पूर्ण ज्योतिषीहरुलाई एकजुट भएर प्रतिकार गर्न समेत आह्वान गर्नु भएको छ ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter