अपराध अनुसन्धानमा समुदायको सहयोग र सहकार्य जरुरी

8 महिना अगाडी

बर्दिया । बर्दियाका प्रहरी प्रमुख राजेश नाथ वस्तोलाले लैङ्गिक हिंसा, मानव बेचबिखन, लागू औषधको सेवन तथा ओसापसार नियन्त्रणका लागि समुदायको सहयोग र सहकार्य जरुरी रहेको बताएका छन् । 
जिल्ला प्रहरी कार्यालयको समन्वयमा १० नम्बर वडा कार्यालय गुलरियाले सुइया हाट बजार काला बन्जारमा आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने दिने अभियान कार्यकमलाई मंसिर २२ गते सम्बोधन गर्दै  प्रहरी उपरीक्षक बास्तोलाले सीमित साधन स्रोत तथा जनशक्तिका बीच बर्दिया प्रहरीले  शान्ति सुरक्षा, विकास र मानव अधिकारको लागि काम दिनरात काम गरिरहेको बताए ।
शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको उल्लेख गर्दै उनले प्रविधिको दुरुपयोग रोक्नतर्फ  प्रहरी सचेत रहेको प्रष्ट्याए। प्रहरी उपरीक्षक बास्तोलाले साइबर अपराध शान्ति सुरक्षाको प्रमुख चुनौतीको रुपमा खडा भएको बताउदै सीमावर्ती अपराध, लागुऔषध, साइबर अपराध तथा सामाजिक सञ्जालको दुरुपयोग जस्ता गतिविधि नियन्त्रणमा प्रहरी सक्रिय  रहेको धारणा राखे । समुदायप्रहरी साझेदारी कार्यक्रमअन्तर्गत भएको लैङ्गिक हिंसा विरुद्धको सचेतना अभियान कार्यकम उनले राज्यको अग्रपङ्क्तिमा रहेर कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीको जिम्मेवारीमध्ये अपराध अनुसन्धान तथा नियन्त्रण प्रमुख जिम्मेवारी भएको पनि बताए। 
१० नम्बर वार्ड अध्यक्ष  विरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यकममा बर्दियाका प्रजिअ प्रेम लाल लामिछाने, गुलरिया नगर उप प्रमुख सुशीला गिरी, कांग्रेस नेतृ मालती सोडारी, प्रहरी सहायक निरीक्षक सरस्वती पौडेल लगायतले आ–आफ्नो धारणा राख्दै लैङ्गिक हिंसा नियन्त्रण मा समुदाय, प्रहरी,प्रशासन,राजनैतिक दल, समाजसेवी सबै लाग्नु पर्ने बताए।  


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter