अब नियमित डायलासिस गर्नुपर्ने भयोः प्रधानमन्त्री

17 दिन अगाडी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे सचिवालय सदस्यलाई जानकारी गराएका छन् ।
शनिबार बालुवाटारमा सचिवालय बोलाएर प्रधानमन्त्रीले मिर्गौलामा समस्या आएको र शरीरमा पानी जम्मा हुने समस्या देखिएकोले अब नियमित डायलासिस गर्नुपर्ने जानकारी गराएका हुन् ।
बैठकमा उपस्थित एक नेताका अनुसार अस्पतालबाट सबै रिपोर्ट आएपछि नियमित डायलासिस नै गर्ने वा पुनः मिर्गौला प्रत्यारोपण गर्ने टुंगो लाग्छ ।
‘दुई पटक डायलासिस गरेको र अब नियमित गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो,’ बैठकमा सहभागी भएका एक सचिवालय सदस्यले बताए । 
आफ्नो स्वास्थ्य अवस्था बिग्रँदै गएको पनि प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गरेका थिए । 
बिहान १० बजेका लागि सचिवालय बैठक बोलाइएको भए पनि अरू नेताहरू साढे १० बजे बालुवाटार पुगिसकेका थिए । डायलासिसपछि आराम गरिराखेका प्रधानमन्त्री ओली मध्यान्ह १२ बजे बैठक कक्षमा प्रवेश गरेका हुन्। ओली एक घण्टा मात्रै बैठकमा बसे ।
बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीले स्वास्थ्य अवस्था जानकारी गराएको उल्लेख गरे । प्रधानमन्त्री सिकिस्त बिरामी नभएको श्रेष्ठले बताए।
स्मरणरहोस् प्रधानमन्त्री ओलीको १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनले नियमित औषधि सेवन गर्दै आएका छन् । साउन र भदौमा दुई पटक सिंगापुरमा प्रधानमन्त्री ओलीको उपचार गरिएको थियो।

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter