अब भक्तपुरमै बन्ने भयो पाथीभरा वैष्णोदेवीको मन्दिर

8 महिना अगाडी

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा माता पाथिभरा  वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ ।  असोज १२ गतेदेखि २१ गतेसम्म सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूको सुब्बा पाखामा  शतचण्डी ज्ञान महायज्ञ लगाएर मन्दिरको निर्माण गर्ने तयारी भएको छ । उक्त नवरात्रमा वैष्णोदेवी महोत्सव सञ्चालन गरिने शुक्रवार रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गरी जनाइएको छ । 
बहुसांस्कृतिक बहुभाषिक, आधुनिक, वैज्ञानिक गुरुकूल निर्माण  सहयोगार्थ श्रीमद्देवी भागवत नवाह शतचण्डी ज्ञान महायज्ञ एवं माता पाथीभरा वैष्णोदेवी महोत्सव  नेपालका प्रख्यात १८ पुराण प्रवक्ता श्रद्धेय श्री लक्षण शास्त्रीज्यूको प्रमुख वाचकत्वमा नेपालका राष्ट्रिय कलाकारहरुको समुपस्थितिमा भजन, कीर्तन देवलीला झाँकी तथा गुरूवर्गहरुबाट शतचण्डी पाठपारायण र दैनिकी हवन हुने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा मूल व्यवस्थापन समितिका संयोजक अरबिन्द शास्त्रीले जानकारी दिनुभयो । 
भक्तपुरमा पाथीभरा मन्दिरको निर्माणका साथै संस्कृत भाषा सबै जातजातिका साझा भाषा भएको उहाँले स्पष्ट गर्नुभयो । उहाँका अनुसार सोही स्थानमा पाथीभरा मन्दिर निर्माणसँगै श्री द्वारकापुरी दिव्यधाम समेत निर्माण गरिने छ । 
माताको मन्दिर ताप्लेजुङ्गको पाथीभराबाट ल्याइएको २७ फिट अग्लो माताको अस्त्र स्वरुपको त्रिशुल शक्तिको रुपमा गत असार ४ गते सोही स्थानमा पूर्व उद्योग मन्त्री तथा सांसद महेश बस्नेत लगातले शिलन्यास गर्नुभएको थियो ।
 पत्रकार सम्मेलनमा सूर्यविनायक नगरपालिका वडा नंंं ७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले गुण्डूमा निर्माण हुने पाथीभरा मन्दिरले सूर्यविनायक नगरपालिकालाई धार्मिक पर्यटकको विकास गर्न सहयोग पुग्ने बताउनु भयो । नगरपालिकाले अहिले धार्मिक पर्यटनको विकासका लागि शिव सक्र्रिट निर्माण लगायतका कार्य गरिरहेको बताउँदै पाथीभरा मन्दिर जस्तो पवित्र मन्दिर निर्माण हुँदा धार्मिक पर्यटन विकास गर्न थप उर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो । 
त्यस्तै पत्रकार सम्मेलनमा महायज्ञ मूल समारोह समितिका सचिव गणेश अधिकारी, महायज्ञ अनुगमन समितिका संयोजक नारायणप्रसाद न्यौपाने, महायज्ञ समितिका सह संयोजक अर्जुन बस्नेत, महायज्ञ पूजा व्यवस्थापन समितिका संयोजक अम्बिका बस्नेत लगायतले महायज्ञको बारेमा जानकारी गराउनुभएको थियो ।
शतचण्डी महोत्सवमा विभिन्न राष्ट्रिय कलाकारहरुले भजन कीर्तन तथा सांस्कृतिक कार्यक्रम गरिने छ । त्यस्तै २०७६ असोज १२ गते विहान ८ः०० बजे कलश यात्रा, पूर्वाङ्ग एवं समुद्घाटन ११ः०० बजे ,२०७६ असोज २१ गते ः पूर्णाहुती तिलक प्रसाद वितरण हुनेछ । त्यस्तै  दैनिक मण्डप पूजा अर्चना एवं हवन समय प्रात बिहन ७ः०० देखि ८ः०० बजेसम्म चल्नेछ । पाठपारायण बिहान ः ८ः०० देखि ११ः०० बजेसम्म । दैनिक कथावाचन ११ः३० देखि ३ः३० बजेसम्म र  साँझः महात्म्य कथा एवं ओम शान्ति,आरती साथै देवलीला साँझ ७ देखि १० बजेसम्म चल्ने मूल आयोजक व्यवस्थान समितिले जनाएको छ । 

Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter