अमेरिकासँग युद्ध गरे इरान ध्वस्त: ट्रम्प

2019-05-20

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकाविरुद्ध युद्ध चाहिरहेको भन्दै अमेरिकाविरुद्धको युद्धले इरानको अन्त्य हुने चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले ट्विट गर्दै इरानले अमेरिकाविरुद्ध युद्ध नै चाहेको भए इरानको ‘औपचारिक रुपमै’ अन्त्य हुने चेतावनी दिएका हुन् । उनले ट्विटमा अमेरिकालाई नधम्क्याउन समेत इरानलाई चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाले इरानलाई दिएको यो हालसम्मकै सबैभन्दा कडा चेतावनी हो । यसअघि राष्ट्रपति ट्रम्पले इरानसँग युद्ध नचाहेको जनाएका थिए । पछिल्लो समय इरान र अमेरिकाबीचको सम्बन्ध निकै खराब चलिरहेका बेला राष्ट्रपति ट्रम्पको यस्तो चेतावनी आएको हो ।

यसैबीच इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासनजिक रकेट आक्रमण भएको छ । बगदादको ग्रिन जोनमा रेकट आक्रमण भएको जनाइएको छ । आक्रमणमा कुनै मानवीय तथा भौतिक क्षति नपुगेको अधिकारीले जनाएका छन् । यता अमेरिकी अधिकारीले भने ‘अमेरिकालाई लक्षित गरी गराइएको’ उक्त आक्रमणमा इरान समर्थित लडाकुको हात रहेको हुनसक्ने भन्दै अनुसन्धान थालिएको जनाएका छन् ।

केही दिनअघिमात्र अमेरिकाले इरान समर्थित लडाकुबाट आक्रमण हुनसक्ने भन्दै इराकमा रहेको अमेरिकी राजदूतावास तथा इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानको राजधानी इर्बिलमा रहेको नियोगबाट आफ्ना कर्मचारी फिर्ता गरेको थियो । एजेन्सी


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter