अरुलाई पनि हौसला मिलोस् भनेर राहत दिँदा फोटो खिचेको हुँः कुँवर

1 महिना अगाडी

काठमाडौं । लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर कुँवरले अरुलाई पनि हौसला मिलोस् भनेर राहत वितरण गर्दा फोटो खिचेको बताएका छन् । आज आफ्नै घरमा उपस्थित भएकालाई राहत वितरण गर्दै उनले फोटो खिच्दा केही आलोचना भएको भए पनि त्यो चर्चाका लागि नगरिएको स्पष्ट पारेका छन् ।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष, चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता र हजुरलाई टेड लिंकका सञ्चालक समेत रहेका कुँवरले प्रत्येक शनिबार राहत वितरण गर्दै आएका छन् । सुरुका दिनमा चामल, दाल, नुन, चिनी र अन्य आवश्यकीय सामग्री वितरण गर्दै आएका उनले आज ८० परिवारलाई चामल उपलव्ध गराएका छन् । उनले आफ्नो क्षेत्रभित्र कोही पनि खान नपाउने अवस्था सिर्जना हुन नदिने प्रतिवद्धता जनाएका छन् । आज वरपर रहेका स्थानीय मजदुर, सुत्केरी भएर खाद्य संकटमा परेका र रोजगार गुमाएर अलपत्र परेका लगायतको सहभागिता थियो । कुँवरले लकडाउनका कारण सबै संकटमा परेको हुँदा मानवीय धर्म भएकाले राहत वितरण गरिएको जनाए ।

आफ्नो व्यवसायसँगै सधैं सामाजिक सेवामा अग्रसर कुँवरले आफूले पनि धेरै दुःख गरेर सामान्य जीवन धान्ने अवस्थामा आइपुगेकाले त्यो दुःख नबिर्सेको बताउँछन् । उनले आफुलाई धेर भएर चामल नबाँडेको पनि प्रतिक्रिया दिएका छन् । उनी यो असहज अवस्थामा एकले अर्कालाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका छन् । उनले अहिलेसम्म ५ सयभन्दा बढीलाई राहत वितरण गरिसकेका छन् । उनले अर्को शनिबार पनि राहत वितरण गर्ने जनाएका छन् । उनले लकडाउनभर सेवा गरिरहने बताएका छन् । आजको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरसहित यस कार्यमा सहयोग गर्नेको उपस्थिति रहेको थियो । कुँवरले आफ्नो एकल प्रयासबाट सधैं सहयोग गर्न नसके पनि सहयोगी हातसँग पनि समन्वय गरेको स्पष्ट पारेका छन् ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter