अहिलेको सरकार कम्युनिष्ट सरकार हो, तर कम्युनिष्ट देश होइनः सभापति देउवा

17 दिन अगाडी

तनहुँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्ने बताएका छन् । प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्वर्गीय गोवद्र्धन शर्मा पोखरेलको आत्मवृतान्त ‘मेरो जीवन यात्रा’ पुस्तकको शनिबार दमौलीमा लोकार्पण गर्दै उनले प्रतिपक्ष वैकल्पिक सरकार भएकाले सरकारले प्रतिपक्षलाई साथमा लिएर काम गर्नुपर्नेमा जोड दिए ।
सरकारले राम्रो काम गरे प्रतिपक्षको पनि सहयोग रहने सभापति देउवाले बताए । उनले भने, “सबैलाई साथमा लिएर सरकार अगाडि बढ्नुपर्छ । कम्युनिष्ट सरकारले राम्रो काम गरोस् ।” सभापति देउवाले सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा हुने गरे पनि देशको हितका लागि सबैको सहमति र सहकार्य आवश्यक रहेको उल्लेख गरे । 
दुई तिहाईको सरकार देशलाई नै कम्युनिष्ट बनाउने बाटोतर्फ अग्रसर भइरहेको भन्दै सभापति देउवाले त्यस्तो कार्य काङ्ग्रेसलाई मान्य नहुने बताए । “अहिलेको सरकार कम्युनिष्ट सरकार हो, तर कम्युनिष्ट देश होइन,” उनले भने । प्रजातन्त्रका लागि काङ्ग्रेस २००७ सालदेखि नै लड्दै आएकाले प्रजातन्त्रको विरुद्धमा काङ्ग्रेस जान नसक्ने सभापति देउवाको भनाइ थियो । 
काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारबाट लोकतान्त्रिक अधिकार कुण्ठित हुने हो की भन्ने चिन्ता रहेको बताए । प्रजातन्त्रको रक्षाका लागि काङ्ग्रेस पछाडि नहट्ने प्रष्ट पार्दै उनले राजनीति र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्रलाई परास्त गर्नुपर्ने बताए । 
अदालत, संवैधानिक निकाय र अख्तियारलाई दुई तिहाईको त्रास देखाउने काम भइरहेको भन्दै वरिष्ठ नेता पौडेलले दुई तिहाई मतको दुरुपयोग गर्न नहुनेमा जोड दिए ।
 “काङ्ग्रेस समाप्त भए लोकतन्त्र समाप्त हुने भएकाले काङ्ग्रेसलाई बलियो शक्ति बनाउनु अहिलेको प्रमुख आवश्यकता हो”, उनले भने ।
काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै काङ्ग्रेस एकजुट भए कसैले पनि हराउन नसक्ने ठोकुवा गरे । विचार र इतिहास राम्रो तथा कार्यकर्ता सक्षम रहेकाले आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो शक्तिको रुपमा उदय हुने उनले ठोकुवा गरे ।
प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले स्व नेता पोखरेलको राजनीतिक एवं आत्मवृतान्त ‘मेरो जीवन यात्रा’बारे समीक्षा गरेका थिए । कार्यक्रममा काङ्ग्रेस नेता रामचन्द्र पोखरेल, प्रदेशसभा सदस्यद्वय सरिता गुरुङ र दोबाटे विक, काङ्ग्रेस नेता समुन्द्र गोदार, तनहुँ काङ्ग्रेसका उपसभापति लक्ष्मी आचार्यलगायतले स्व गोवद्र्धनको सिद्धान्त र विचार आजका काङ्ग्रेस नेता कार्यकर्ताले आत्मसात गर्नुपर्नेमा जोड दिए ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter