आइएमई पे मोबाइल वालेट एपबाट अब विभिन्न अफरहरू पाइने

13 दिन अगाडी

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गतको  आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा संचालित  आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरिएको छ । मोबाइल एपमा ‘डिल्स’ भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ जसबाट आइएमई पे मोबाइल वालेट एप चलाउनुहुने महानुभावहरूले विभिन्न रेस्टुरेन्ट वा पसलहरूले उपलब्ध गराएका अफरहरू प्राप्त गर्न सक्नुहुन्छ ।
आइएमई पे मोबाइल वालेट एप गुगल प्ले वा एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराई प्रमाणित भएपछि सेवाग्राहीहरूले आइएमई वा आइएमई पे एजेन्टबाट, वा आफ्नो बैंकबाट सिधै, वा आइएमई पे मोबाइल वालेट एप चलाउने आफ्नो साथी भाइबाट मोबाइल वालेटमा पैसा हाल्न सक्नुहुन्छ । काठमाडौँ र पोखराका विभिन्न रेस्टुरेन्टहरूमा हाल डिल्स सेवा अन्तर्गत् विभिन्न छुटको व्यवस्था गरिएको छ ।
आइएमई पे मोबाइल वालेट एपको डिल्सको विशेषता
१. आइएमई पे मोबाइल वालेट एपका कुनै पनि ग्राहकले तोकिएको स्थानमा गई आइएमई पेबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नुहुन्छ । 
२. यसका साथै आइएमई पेबाट विक्रेता अर्थात् मर्चेन्ट बन्नुभएका विक्रेताले आफ्नो छुटको विज्ञापन बिना कुनै शुल्क आइएमई पेका ग्राहकहरूलाई देखाउन वा प्रदर्शन गर्न सक्नुहुन्छ ।
आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री विकास कुमार नहाटा भन्नुहुन्छ, ूआइएमई पे मोबाइल वालेट एपका हालका प्रयोगकर्ता र भविष्यमा हामीसँग आबद्ध हुने सेवाग्राहीहरूको पनि प्रमुख चाहना भनेकै आफूले खरिद गरी आइएमई पेबाट भुक्तानी गर्दा सजिलो र फलदायी होओस् भन्ने चाहना नै हो । यसलाई नै मध्यनजर गरी हामीले ूडिल्सू शीर्षक सुरु गरेका हौँ, जसबाट सेवाग्राहीहरूले आफ्नो वरिपरि के(कस्तो सुविधा र अफर चलिरहेको छ भनेर जानकारी पाउँछन् र आइएमई पेबाट भुक्तानी गर्दा विक्रेताले प्रदान गर्ने छुट सजिलै प्राप्त गर्न सक्छन् । 
हाम्रा सेवाग्राहीहरूका लागि पनि हामीले सजिलो प्रावधान उपलब्ध गराएका छौँ । विक्रेताहरूले आफूले चाहेको जस्तो अफर सिर्जना गरी आइएमई पे एपमा आफ्नो विज्ञापन देखाउन सक्नुहुन्छ र हाम्रो मोबाइल एप प्रयोग गर्ने सेवाग्राहीहरूलाई आफ्नो व्यवसायतिर आकर्षित गर्न सक्नुहुन्छ ।

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter