आजदेखि पूर्वराजा ज्ञानेन्द्र शाहको तराई भ्रमण

2 महिना अगाडी

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको तराई भ्रमणको कार्यक्रम आजदेखि सुरु भएको छ । शाहको भ्रमण आज धनुषाको जनकपुरबाट सुरु हुने सम्बाद सचिव फडिराज पाठकले जानकारी दिए । आमा बिरामी भएपछि पूर्वराजाको तराई भ्रमण रोकिएको थियो । 
ज्ञानेन्द्र जनकपुरधामलाई केन्द्र बनाएर पूर्वी तराईका चार जिल्लाका धार्मिक केन्द्रहरुमा पुग्नेछन् । जनकपुरधाम पुगेपछि उनी जनकपुर महानगरपालिका–२३ स्थित होटल सिताशरणमा बस्नेछन् ।
पूर्वराजाको पूर्वी तराई भ्रमणका लागि होटलका ८ वटा कोठा यसअघि नै बुक गरिसकिएको छ । स्रोतका अनुसार करिव १ दर्जनका लागि ती कोठा बुक गरिएका हुन् । भोलि उनी सोही होटलबाट सर्लाहीको मलंगवा प्रस्थान गर्नेछन् ।
त्यहाँ रहेका शिव मन्दिरमा पुजा–अर्चना गरी फेरि जनकपुरधाम नै फर्कने स्रोतको भनाई छ । पर्सी जनकपुरधामस्थित रामजानकी मन्दिरमा पुजाअर्चना गरी उनी २ गते उदयपुरको गाइघाटस्थित राधाकृष्ण मन्दिरमा पुजा अर्चना गर्न पुग्नेछन् । यसैगरी, ३ चैत्रमा सप्तरीको छिन्नमस्ता मन्दिरमा पुजाअर्चनाका लागि जाने उनी त्यतैबाट दमक फिर्ता हुनेछन् ।
यसअघि ती धार्मिक केन्द्रमा पूजाअर्चनाको कार्यतालिका बनाइएको थियो । तर, आमा रत्न शाह बिरामी भएपछि उनी कार्यक्रम स्थगित गरी काठमाडौँ आएका थिए । आमाको स्वास्थ्य अवस्थामा सुधार भएपछि उनी आइतबार झापा फर्किसकेका छन् । उनी झापाबाट आज सिधै जनकपुर आउनेछन् ।
उनको स्वागतको लागि पूर्वपश्चिम राजमार्गमा स्वागतद्वार निर्माण र ब्यान टाँस्ने काम भएको छ । ्


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter