आन फुटसलको फाइनल शनिबार

2019-05-10

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट, शीलापत्र डटकम, मिडिया हब र भोग एण्ड एण्ड इभेन्ट सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सानेपाको फिल्ड फुटसल शुक्रबार भएको प्रि क्वार्टरफाइनल र क्वार्टरफाइनलमा विजयीहुँदै चार टिमले सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
प्रि क्र्वाटरफाइनलमा कान्तिपुर मिडिया ग्रुपले एड रिलिजमाथि १–० को जीत निकाल्दा मिडिया बास्केटले माछापुच्छ«े बैंकलाई ३–२, शिलापत्र डटकमले मुक्तिनाथ विकास बैंकलाई २–१, बराह ज्वेलर्सले सफ्ट नेपलाई २–१ गोलले पराजित गरेको थियो ।
प्रि क्वार्टरफाइनलकै अन्य खेलमा मिडिया हबले क्यूएफएक्सलाई ४–३ ले निराश बनाउँदा पिक्सनले न्यूज २४ टिभीलाई २–० ले पाखा लगायो । त्यस्तै वेलकमले जनता टिभीमाथि ७–० को जीत निकाल्दा भोगले सर्वोत्तम सिमेन्ट माथि पनि ७–० गोलकै जीत निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेका थिए । शुक्रबार नै क्वार्टरफाइनलका खेलहरु सम्पन्न भएका छन् । जसमा विजयीहुँदै मिडिया बास्केट, शीलापत्र डटकम, मिडिया हब र भोग एण्ड एण्ड इभेन्ट सेमिफाइनलमा प्रवेश गरे । 
क्वार्टरफाइनलमा कान्तिपुर मिडिया ग्रुपलाई मिडिया बास्केटले पेनाल्टीमा ३–२ गोलले पराजित गरेको थियो । निर्धारित समयमा दुवै टिमबाट एक एक गोल भएपछि खेलको नतिजा पेनाल्टीबाट निकालिएको हो । 
यस्तै, शीलापत्र डटकम र बराह  ज्वेलर्सले निर्धारित १५ मिनेटको समयमा एक एक गोलको बराबरी खेले पछि पेनाल्टीबाट नतिजा निकालिएको थियो । जसमा शीलापत्र डटकम ३–१ गोल अन्तरले विजयी भयो । 
मिडिया हबले निर्धारित समय भित्रै ४–३ गोल अन्तरले पिक्सनमाथि जीत निकाल्दै अन्तिम चारको यात्रा तय गर्दा भोग एण्ड इभेन्टले वेलकम मिडियालाई पेनाल्टीमा ३–१ गोलले पाखा लगायो । निर्धारित समयमा दुवै टिमले २–२ गोल गरेका थिए । 
सेमिफाइनलमा शनिबार मिडिया बास्केट र शीलापत्र डटकम भिड्दा मिडिया हब र भोग एड एण्ड इभेन्ट आमने सामने हुने छन् । सेमिफाइनलका बिजेता २ टिमले उपाधि भिडन्त गर्दा पराजित हुने दुई टिमले तेस्रो स्थानका लागि खेल्ने छन् ।  
प्रतियोगिताको विजेताले १ लाख उप विजेताले ७५ हजार नगद पुरस्कार पाउँदा तेस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने छ ।  


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट,...

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ ः कानूनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको...

दिव्या राईको ‘परदेशी’ एल्बम विमोचन

काठमाडौं । दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

Advertisement
Advertisement

Subscribe our Newsletter