आयुस उत्कृष्ट सांस्कृतिक फोटोग्राफर घोषित

2018-05-13

केके मानन्धर
भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा एक समारोहकाबीच आयुस शाक्यलाई उत्कृष्ट सांस्कृतिक फोटोग्राफर घोषणा गरिएको छ । रोटरी क्लब अन्तर्गतको रोट¥याक्ट मध्यपुर शाखाले शाक्यलाई उत्कृष्ट घोषणा गरी प्रोत्साहन स्वरुप फोटोग्राफी सम्बन्धिका विभिन्न सामग्री उपलब्ध गराएको छ । 
तीन दर्जन मध्ये राजु महर्जनको दोस्रो र कपिल चन्द्र पालको तस्बिर तेस्रो भएको हो । संस्थाले प्रत्येक वर्ष मध्यपुरमा बिस्का जात्राको सन्दर्भमा तस्बिर प्रतियोगिता र प्रदर्शनी गर्दै आएको छ । यस वर्षको तस्बिर प्रतियोगिता र प्रदर्शनी चौंथो हो । 
“विशेषगरी संस्कृति प्रबद्र्धनको उद्देश्यले हामीले केहि वर्ष यतादेखि तस्बिर प्रतियोगिता र प्रदर्शनीलाई निरन्तरता दिएका छौं ।” आयोजक संस्थाका अध्यक्ष चन्द्र चक्रधरले बताए । अहिले मध्यपुरमा सीमित गरी आयोजित कार्यक्रमलाई काठमाडौं, ललितपुर तथा अन्य जिल्लामा गर्ने योजना विषयमा उहाँले जानकारी दिए ।
कार्यक्रममा सहभागी भक्तपुर क्षेत्र २ का प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठले फोटोग्राफीमार्फत कला, संस्कृति तथा महत्वपूर्ण दस्तावेज कैद गरी पुस्तान्तरण गर्न सकिनेमा जोड दिए । तस्बिरले धेरै सन्दर्भलाई उजागर गर्ने भएर संस्कृति प्रबद्र्धनमा लाग्ने फोटोग्राफरलाई सहयोग गर्न इच्छुक भएको उहाँको भनाई थियो । प्रदेशस्तरमा बनाउनु पर्ने योजनाको लागि सांस्कृतिक अवस्थाको विषयमा तस्बिरमार्फत सुझाव दिन समेत सांसद श्रेष्ठले अपील गरे ।
संस्थाले तस्बिरमार्फत सांस्कृतिक पक्ष बाहेक कला, संस्कार तथा सम्पदाजन्य सम्पत्तिको अवस्थालाई प्रचार गर्दै आएको छ । सभ्य समाजको आधारजन्य गतिविधि तथा अवस्थालाई ध्यान दिन सके आन्तरिक पर्यटनको विकास गरी स्थानियस्तरमा रोजगारी सिर्जना गर्न सकिन्छ । मध्यपुरको गुङ्गचिवाः टोलमा गरिएको तस्बिर प्रदर्शनीमा फोटोग्राफी सम्बन्धित व्यक्तित्व, पत्रकार, समाजसेवी तथा स्थानियहरुको उलेख्य सहभागिता थियो ।

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter