आर्किटेक्ट मिस नेपाल खतिवडा सद्भावना दूत

5 महिना अगाडी

काठमाडौं । नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा नेपाल र फ्रान्सबीचको कुटनीतिक सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो वर्षका लागि मिस नेपाल श्रृंखला खतिवडालाई सद्भावना दूत ‘(गुड विल एम्बास्डर) का रूपमा घोषणा गरिएको छ । 
यसअघि नै गोर्खा इको प्यानलकी ब्राण्ड एम्वेसडर रहेकी उनले एम्बास्डरको थप जिम्मेवारी पाएकोमा आफू निकै आभारी भएको बताएकी छन् । उनले आफू समग्र नेपाली युवाको प्रतिनिधित्व गर्दै नेपालको पर्यटन, विविधता, संस्कृति र एकताबारे फ्रान्समा प्रवर्द्धन गर्ने प्रतिबद्धतासमेत जनाएकी थिइन् । 
चीनमा भएको मिस वल्र्ड अघि नै गोर्खा इको प्यानलकी ब्राण्ड एम्वेसडर रहेकी उनले गोर्खा इको प्यानलको प्रयोग गरी मकवानपुरको विकट क्षेत्रको चेपाङ बस्तीमा बनाइराखेको स्वास्थ्य चौकी भबनलाई बृतचित्र बनाई लगेकी थिइन् । व्युटी विद पर्पाेज (उद्देश्यसहितको सौदर्य) को सोही बृतचित्र लगेकी उनी यही कारण मिस वल्र्ड– २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा चिनिएकी थिइन् । आफ्नो पहलमा स्वास्थ केन्द्र स्थापना गरेर स्थानीय बालबालिकाहरूको उपचारमा सहयोग पुयाएको अभियानलाई उनले बृतचित्रमा समेटेकी थिइन् । नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलको सहयोगबाट उनले स्वास्थ्य केन्द्र भबन बनाएकी थिइन् ।  
गएको मंसिर २२ गते शनिवार ९ डिसेम्बरका दिन चीनको सान्यामा भएको मिस वल्र्ड–२०१८ मा प्रतिस्पर्धी उनी १२ औं स्थानमा पर्न सफल भएकी थिइन् । 
व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेशाले आर्किटेक्ट इन्जिनियर श्रृखलाले इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिंग क्याम्पसबाट स्नातक गरेकी हुन् । 

 


आर्किटेक्ट मिस नेपाल खतिवडा सद्भावना दूत

Click to Zoom




Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter