आशा स्मारिका बिमोचन

2018-11-14

भक्तपुर । क्यान्सर रोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर शाखाले प्रकाशन गरेको आशा स्मारिकाको १३औं अंक बिमोचन गरिएको छ । स्मारिकाको प्रतिनिधीसभा सांसद महेश बस्नेतले बिमोचन गर्नुहुँदैं क्यान्सर रोग भयावह रोग भएकोले उपचार खर्च र प्रक्रिया समेत असहज भएको हुँदा सरकारले उपचारका लागि सहुलियत प्रदान गरेको बताउनुभयो । उहाँले समयमै क्यान्सर रोग पत्ता लागेको अवस्थामा नेपालमै उपचार सम्भव रहेको बताउनुभयो । सांसद बस्नेतले नेपालीहरुको दैनिक जीवनशैली बदलिदैं गएको र खानपान तथा रहनसहनले क्यान्सर रोगीहरुको संख्या दिनानुदिन बढ्दै गएकाले यसतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले उपचार प्रणालीलाई प्रभावकारी बनाउन महंगा उपचार सामग्रीमा सरकारले सहुलियत दिएर सस्तोमा उपचार गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा अर्बुद रोग निवारण संस्थाका केन्द्रिय महासचिव बिमल कुमार होडाले जिल्ला शाखाले नियमित बार्षिक प्रकाशन गर्दै आएको आशा स्मारिकाले जनसचेतिकरण अभियानमा नयाँ आशा जगाएको बताउनुभयो । उहाँले सरकारले दिदैं आएको सहुलियत रकम वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभयो । सो अवसरमा भक्तपुर क्यान्सर अस्पतालका पूर्व मेडिकल डाइरेक्टर डा. प्रकाशराज न्यौपानेले क्यान्सर रोगीहरुको संख्या दिनानुदिन बढ्दै गएकोले उपचारात्मक भन्दा पनि जनसचेतिकरण अभियानलाई बढि सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले उपचार सामग्री र औषधीहरु महंगो हुँदा क्यान्सर रोगीलाई उपचार गर्न महंगो पर्ने मात्र नभै उपचार गर्न समेत समस्या रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रिकाका प्रधान सम्पादक धनमान श्रेष्ठले आशा स्मारिकाको माध्यम मार्फत जनचेतना अभिवृद्धि गर्ने कार्य प्रभावकारी रुपमा गरिएको भएपनि खानपान, आहारविहार र अहिलेको प्रतिकुल वातावरणका कारण क्यान्सर रोग भयावह बन्दै गएको बताउनुभयो । उहाँले आशा स्मारिकामा क्यान्सरका बिज्ञ तथा बरिष्ठ डाक्टरहरु, क्यान्सरबाट प्रभावित बनेका चर्चित कलाकार, स्थानीय जनप्रतिनिधिलगायत सामाजिक अभियन्ताहरुको जानकारीमूलक लेख, रचना समावेश गरिएको उल्लेख गर्दै क्यान्सर सम्बन्धी जनसचेतिकरण अभियानलाई थप प्रभावकारी बनाउदैं प्रत्येक नगर र वडामा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका सभापति श्रीधर राठौरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा. डा. रत्नकमल बैद्य, केन्द्रिय कोषाध्यक्ष अनन्तप्रसाद धौभडेल, उपसभापति सहना पसखल, सदस्य शिवहरी केसीलगायतले क्यान्सर रोग निवारणमा संस्थाले खेलेको भूमिका र स्मारिका प्रकाशनले पारेको प्रभावका बारेमा चर्चा गर्नुभयो । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter