इच्छुक स्मृति पुरस्कारबाट चार श्रष्टा पुरस्कृत

2018-05-28

काठमाडौँ । यसवर्ष इच्छुक स्मृति पुरस्कारबाट चितवनका कवि मोदनाथ मरठ्ठा र काठमाडौँ, चाल्नाखेलका कवि विनोदविक्रम केसी पुरस्कृत भएका छन् । इच्छुक स्मृति दिवस तथा सांस्कृतिक वलिदान दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा कविद्धय सहित चार श्रष्ठा पुरस्कृत भएका हुन् । कविद्धयले प्रमाणपत्र सहित जनही ५०÷५० हजार रुपैयाँ  प्राप्त गरे । 
त्यस्तै इच्छुक प्रतिभा पुरस्कारबाट साहित्यतर्फ काठमाडौंकी कवि शोभा दुलाल र कलातर्फ कालिकोटकी गायिका फूलमाया दर्जी ‘प्रगति हिङमाङ’ पुरस्कृत भइन् । उनीहरुले जनही २५÷२५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरे । 
पुरस्कार ग्रहण गर्दै कवि मोदनाथ मरठ्ठाले इच्छुकले देखाएको बाटोमा लागिरहने प्रतिवद्धता जनाए । अर्का पुरस्कृत कवि विनोदविक्रम केसीले प्रगतिवादी साहित्यमा कवि कृष्णसेन इच्छुकले गरेको योगदानको चर्चा गरे । उनले भने, ‘कविता जसले पनि लेख्न सक्छ । पत्रकार जो पनि हुन सक्छ, तर सबै इच्छुक हुन सक्दैनन् । किन भने इच्छुक हिँडेको बाटो खतरनाक छ ।’
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले इच्छुकले साहित्यमार्फत देखाएको क्रान्तिको सपनालाई पूरा गर्न प्रतिवद्ध हुनुपर्नेमा जोड दिए । प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले इच्छुक स्मृति दिवस तथा सांस्कृतिक वलिदान दिवसको सान्र्दभिकताबारे प्रकाश पारे । 

कार्यक्रममा सामना सांस्कृतिक परिवारका कलाकारहरुले इच्छुकको सम्झनामा सांगितिक प्रस्तुति दिएका थिए । साथै कवि शिला योगीको कविता सङ्ग्रह ‘सपनाका मेघमाला’ पनि विमोचन गरिएको थियो । 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter