इतिहासकै तीव्र आर्थिक वृद्धिको बजेट आउनुपर्नेः महासचिव पौडेल

10 दिन अगाडी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रममा भनिएझैँ आगामी वर्षलाई इतिहासकै तीव्र आर्थिक वृद्धिको वर्षका रुपमा हासिल गर्ने बजेट आउनुपर्ने बताउनुभएको छ । 
सङ्घीय संसद्मा आज आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफल कार्यक्रममा उहाँले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले आर्थिक वर्षलाई इतिहासकै तीव्र आर्थिक विकासको वर्ष हुने किसिमले बजेट आउने बताउनुभयो । 
“विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले के कुरा स्पष्ट गरेको छ भने आगामी वर्ष विगतका सबै अधुरा योजनालाई सम्पन्न गर्छौं भन्ने अठोट गरेको छ,” उहाँले भन्नुभयो, “विकास अभियानका सन्दर्भमा यसले नयाँ र गुणात्मक सन्देश यसले दिन सक्नेछ ।” उहाँले विकास र जनप्रतिनिधि एकअर्कासँग अन्योन्याश्रित हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । 
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाअनुसार आर्थिक विकास, समाजिक न्याय र सुशासन हासिल गर्ने उद्देश्य विनियोजन विधेयकले गरेको उहाँको भनाइ थियो । “सामाजिक न्यायसहितको तीव्र आर्थिक विकास, क्षमताअनुसार कामको अवसर र मर्यादित रोजगारी, फराकिलो दायराको सामाजिक सुरक्षा र गुणस्तरीय पूर्वाधार सुनिश्चित गर्ने सङ्कल्प विधेयकले बोकेको छ,” उहाँले भन्नुभयो, “विधेयकले विकासलाई सामाजिक न्यायसँग जोड्ने, समुन्नत, सबल र आत्मनिर्भर अर्थतन्त्र तथा राष्ट्रिय पूँजीको विकास, रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा जोड दिएको छ ।”
पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमार्फत सुशासनको स्थापना गर्ने, प्रगतिशील र लगानीमैत्री राजश्व प्रणालीलाई अवलम्बन गर्ने प्रकारको सङ्कल्प पनि विधेयकले अघि सारेको धारणा व्यक्त गर्नुभयो । विनियोजन विधेयक खाद्य सुरक्षा, रोजगारी, जनस्वास्थ्य, आवास, सामाजिक सुरक्षाजस्ता मौलिक हक तथा जनताको सम्मानजनक जीवनयापनको पक्षमा उभिएको उहाँले बताउनुभयो । 


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter