इतिहास लेख्नु निकै चुनौतीपूर्णः सञ्चारमन्त्री बाँस्कोटा

2018-06-23

बनेपा, ९ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार जनताको समस्याबाट विमुख नभएको बताउनुभएको छ ।
शनिबार काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–८, मल्पिमा आयोजित शहीद पार्क उद्घाटन कार्यक्रममा उहाँले इतिहासको निर्माण गर्ने सन्दर्भमा कसै न कसैले जनताको इतिहास निर्माण गर्ने र यस्तो कार्यको संस्थागत विकासको कोशेढुंगाको रुपमा सगुन ताम्राकारको नाममा पार्क स्थापना भएको बताउनुभयो ।
इतिहास धेरै लेखिन्छन्, तर स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय गौरवका इतिहास तथा जनताको इतिहास लेख्नु निकै चुनौतीपूर्ण भएको उहाँले बताउनुभयो । “राजा महाराजाहरुको इतिहास खोपीमा बसेर लेखिन्छ, तर जनताको इतिहास संघर्षको मैदानमा लेखिन्छ ।” मन्त्री बाँस्कोटाले भन्नुभयो, “संघर्षको मैदानभित्र इतिहास लेखिने एउटा पात्र, योद्धा र शहीद सगुन ताम्राकार बन्नुभएको छ ।”
कार्यक्रममा उहाँले जनताको आशा आकांक्षा धेरै रहेको र स्रोत र साधन प्रशस्तै भए पनि पूँजी निर्माणको प्रक्रियामा धेरै पछाडी रहेको बताउनुभयो । ‘संसारमा हुने स्रोत र साधन नदी, पानी, खानी, वन जंगल जडीबुटी, हिमाल हुन् र मान्छेहरु त्यही शिल्पी जसले परिश्रमी हातलाई चलाएर धनी भए’ उहाँले भन्नुभयो ।
“तर हामीले त्यसलाई सही सदुपयोग गर्नका निमित्त उहाँले बलिदानी गरेर यो अवस्था आयो ।” यस्तै बलिदानीपूर्ण संघर्षबाट नेपालमा ७० वर्षभित्रमा तीनवटा क्रान्तिकारी राजनीतिक परिवर्तन गरेको उल्लेख गर्नुहुँदै पछिल्लो परिवर्तन गुणात्मक भएको र यसले नेपाललाई गणतन्त्रमा संस्थागत गर्‍यो, उहाँले भन्नुभयो ।
उहाँले अब जनताद्वारा निर्वाचित शक्तिको आधारमा सरकार चल्छ र त्यो लोकतान्त्रिक हुन्छ भन्नुहुँदै अहिले प्रतिपक्षी दलले अफवाह फैलाउने काम गरेको उल्लेख गर्नुभयो । मन्त्री बाँस्कोटाले प्रश्न गर्दै भन्नुभयो, “समाजवाद, समृद्धिको मुद्दा र अभियानले अधिनायकवाद ल्याउछ भने गरिबीको वितरणले कुन वाद ल्याउँछ रु” उहाँले सरकार भ्रष्टाचार विरुद्ध निर्ममताको प्रयोग गर्दा मानिस अधिनायकवाद आउनै लाग्यो भन्छन् भने अब यस्तो अधिनायकवाद हजार चोटी आउने बताउनुभयो ।
उहाँले सरकार अघि बढ्नको निम्ति समयको सदुपयोग सँगसँगै दिगो विकासको युग प्रारम्भ भएको बताउनुभयो । उहाँले चीन र भारतसित ठूलठूला जलविद्युत् आयोजनाका सम्झौता भएको उल्लेख गर्नुहुँदै आफ्नै क्षमताले पनि धेरै योजना सन्चालन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जबसम्म आर्थिक उत्पादन र उत्पादकत्व वृद्धि हुँदैन, तबसम्म समृद्धिको बाटो लिँदैन ।” त्यसको लागि लगानीको वातावरण र कार्यान्वयनको लागि ऐन, कानून र नियमलाई सरलीकृत बनाउनेतर्फ सरकार लागेको उहाँले बताउनुभयो ।
त्यसको लागि आर्थिक विकास, स्रोतसाधनको न्यायोचित वितरण र राष्ट्रिय पूँजीको निर्माण तथा आम जनताको जीवनमा परिवर्तन ल्याउनका निमित्त नीति, योजना, बजेट र कार्यक्रम तर्जुमा गरेको बताउनुभयो । उहाँले अब राजनीति राजनीतिक पार्टीले मात्रै गर्ने उल्लेख गर्नुहुँदै संघीय, प्रादेशिक र स्थानीय तहको सरकारले आर्थिक समृद्धि, सुशासन र न्यायपूर्ण समाजमार्फत समाजवादी समाज निर्माणको लागि काम गर्नेछ ।
विसं २०६२र६३ को आन्दोलनका क्रममा शहीद भएका सगुन ताम्राकारको जन्मभूमि काभ्रेपलाञ्चोकको पनौतीमा शालिक अनावरण गरिएको छ । ताम्राकार काठमाडौँको कलंकीमा २०६३ वैशाख ७ गते बिहान ११ बजे निस्केको जुलुसमा प्रहरीले चलाएको गोली लागेर १९ वर्षको उमेरमा निधन भएको थियो । सो क्रममा ताम्राकारसँगै शहीद गंगालाल श्रेष्ठ, दशरथचन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको शालिक निर्माण गरी लञ्जावती शहीद पार्क स्थापना गरिएको छ । –रासस


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter