काठमाडौं । इन्टरनेशल ग्रीन डेभलपर्स नेपाल प्रालिको छैटौं वार्षिकोत्सब बिहीबार भक्तपुरमा सम्पन्न भएको छ । कोरोना महामारीलाई मध्यनजर गरी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको नियमको परिपालना गरी सामाजिक दुरी कायम गरी सामान्य रुपमा मात्रै वार्षिकोत्सव सम्पन्न गरिएको हो । वार्षिकोत्सवको अवसरमा कारखानामा पूजाआजा पनि भएको छ ।
वार्षिकोत्सवले नयाँं सञ्चालक समिति पनि गठन गठ छ । सञ्चालक समितिको अध्यक्षमा भक्तपुर नगरपालिका वडा नं ७ का विश्वराम कवां अध्यक्ष चुनिएका छन् । समितिका सदस्यहरुमा भक्तपुर नगरपालिका वडा नं १० का कृष्णराम देउपाला र भक्तपुर नगरपालिका वडा नं १० कै हरिराम बुहयो रहेका छन् ।
वार्षिकोत्सवले नयाँं प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि छनौट गरिएको छ । इन्जिनियर सुरेश कवांलाई नयाँं सीईओमा नियुक्त गरिएको हो । त्यस अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कवांलाई हार्दिक वधाई तथा सफल कार्यकालको सुभकामना व्यक्त गरिएको थियो । कार्यक्रममा अध्यक्ष कवाँंले विजया दशमी, सुभ दीपावलीको सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरे ।