इस्लामिक स्टेटको नियन्त्रणमा रहेको अन्तिम गाउँमा आक्रमण

11 दिन अगाडी

बीबीसी। सीरियामा इस्लामिक स्टेटको कब्जामा रहेको अन्तिम स्थान बागुज गाउँमा सरकार समर्थित अन्तर्राष्ट्रिय गठबन्धनल सेनाले आक्रमण गरेका छन्। विश्लेषकहरुका अनुसार इस्लामिक स्टेटको कब्जामा रहेको यो अन्तिम स्थान हो र यहाँको लडाइँ निकै गम्भीर हुन सक्छ।
सीरियाको बागुज गाउँलाई कुर्द र अरब सेनाले घेरा हालेका छन्। यसअघि उनीहरुले इस्लामिक स्टेटका लडाकुका परिवारजनलाई बाहिर निस्किन मौका दिन भन्दै आफ्नो अभियानलाई रोकेका थिए।
सीरियन डेमोक्र्याटिक फोर्सेजका अनुसार उनीहरुलाई आइएस विरुद्धको आक्रमणमा लगातार सफलता मिलिरहेको छ। सीरियन डेमेक्र्याटिक फोर्सेजका एक सुरक्षाकर्मीका अनुसार उनीहरु इस्लामिक स्टेटको क्याम्पमा पुगेका छन्। अमान अम्द नामका यी सुरक्षाकर्मीले भने, ‘कुनै बेला त्यहाँ आइएसआईएसको नियन्त्रण थियो। तर अहिले हामी क्याम्पको सुरुवाती भागमा छौं। र यो निकै ठूलो इलाका हो।’
‘आईएसआईएस सानो इलाकामा समेटिएका छन्। आइएसआईएस लडाकु बागुज पहाडको तल खुम्चिएका छन्। बगुज गाउँको भित्री भागमा इस्लामिक स्टेटको नियन्त्रण थियो। तर अहिले उनीहरु पछि हट्न बाध्य भएका छन्।’
सीरियत डेमेक्र्याटिक फोर्सेजका प्रवक्ता मुस्तफा बालीनले आफ्नो सुरक्षाकर्मीले सफलता प्राप्त गरिरहेको बताए। उनले इस्लामिक स्टेटका लडाकुलाई सुरक्षाकर्मीले ठूलो नोक्सान पुर्याएको बताए। अन्तर्राष्ट्रिय गठबन्धन सेनाले इस्लामिक स्टेटलाई गोली बारुद तथा बमबारीमार्फत आक्रमण गरिरहेको उनले जनाए।
‘ठूलो संख्यामा आतंकवादीको निधन भएको छ भने धेरै आइएस लठाकु घाइते भएका छन्।। संख्याको विषयमा अहिले नै जानकारी दिन सकिँदैन किनभने संघर्ष अहिले पनि जारी छ। अपरेशन त्यतिबेलासम्म जारी रहन्छ, जतिबेलासम्म बागुज गाउँलाई आतंकवादीको नियन्त्रणबाट मुक्त गरिँदैन,’ उनले भने। पछिल्ला दिनमा हजारौं महिला र बच्चालाई यो ठाउँबाट सुरक्षित रुपमा बाहिर निकालिएको थियो। यो गाउँमा ठूलो संख्यामा इस्लामिक स्टेट समूहका लडाकु भएको अनुमान गरिएको । 


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

Advertisement
Advertisement

Subscribe our Newsletter