उखु किसानको माग स्थायी समाधान खोज्न सरकारसँग आग्रह

1 महिना अगाडी

काठमाडौं । विगत दुई हप्तादेखि आन्दोलनरत उखु किसानका उचित माग पूरा गर्न फोर एच नेपालले नेपाल सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ । आज एक वक्तव्य जारी गर्दैफोर एच नेपालले भनेको छ , उखु किसानले उठाएका माग र उनीहरुसँग भएका सम्पूर्ण सम्झौताअनुसारको सम्पूर्ण रकम एकमुष्ट उपलब्ध गराउन अपील समेत गरेको छ । 
फोर एचनेपालद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ, चिसोको कारण आन्दोलनरत किसानको स्वास्थ्यमा असर परेकाले उचित समाधान गर्न  किसानसँग लिखित सहमतिगर्नु जोडदार माग गरेको छ । साथै, नेपाल सरकार तथा सरोकारवालासँग उखु किसानलाई २०७० सालदेखिको तिर्न बाँकी रुकम चिनी उद्योगी तथा मिलबाट तत्काल एकमुष्ट उपलब्ध गराउनु भनिएको छ । 
नेपाल सरकारले उद्योगी तथा मिल मालिकमार्फत किसानलाई उपलब्ध गराउन दिएको गतवर्षको अनुदान रकम १ अर्ब २८ करोड रुपयाँ अहिलेसम्म पनि किसान नपाएको भन्दै तत्काल ब्याजसहित उखु किसानलाई उपलब्ध गराउनु सरकारसँग माग गरिएको छ । र, यो वर्ष किसानलाई दिइने अनुदान सिधै किसानलाई उपलब्ध गराउने व्यवस्था गर्नु पर्ने भन्दै फोर एच नेपालले सरकारको ध्यानाकर्षण समेत गरेको छ । 
फोर एच नेपालका केन्द्रीय अध्यक्ष लोकराज अवस्थीद्वारा हस्ताक्षरित वक्तव्यमा, उखु किसानको माग अनुसार मूल्य निर्धारणगरिनु पर्ने, किसानको ब्याज मिनाह गरिनु पर्ने, सस्तो दरमा ऋण उलब्ध गराउनु पर्ने लगायतका समस्या समाधान गर्न सरकारसँग मागगरिएको छ । 
उखु किसान आन्दोलनपछि सरकारको पहलमा उखु किसानका माग सम्बोधन गर्न उद्योगी तथा व्यवसायीसँग सम्झौता भएको भनिए पनि कुनै ठोस सहमति तथा सम्झौता भएको छैन् । किसानले आन्दोलन जारी राखेका छन र, आफूहरुसँग लिखित सहमति नभएसम्म आन्दोलन नरोक्ने चेतावनी समेत दिएका छन् ।  


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter