काठमाडौँ । तीन सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बिहीबारदेखि खुकुलो हुने भएको छ ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले यातायातलाई जोरविजोर प्रणालीमा सञ्चालन गर्न दिने र सुरक्षा सतकर्तासहितको शर्त पालना गरेर व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार काठमाडौंभित्र १६ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक सवारीलाई जोरबिजोर प्रणालीबाट सञ्चालन गरिने भएको छ । भाडाका ट्याक्सीमा चालकसहित तीन जना र परिवारभित्रका ५ वर्षमुनीका बालबालिका २ जनासम्म राखेर चलाउन सकिनेछ । निजी सवारी साधन मोटरसाइकल, स्कुटरसमेत स्वास्थ्य मापदण्डअनुसार सञ्चालन हुनेछ ।