उप निर्वाचनको चर्चासँगै उम्मेदवारहरु देखिए

1 महिना अगाडी

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसीर १४ गते उप निर्वाचन गर्ने तयारी गरेको छ । केहीदिन अघि आयोगमा भएको छलफलमा राजनीतिक दलहरुले पनि त्यसलाई समर्थन जनाएका छन् । सरकारले भने आयोगलाई अघि बढ्न भनेको छ । प्रतिनिधिसभामा एउटा, प्रदेश सभामा तिनवटा पद रिक्त छ । त्यसैगरी केही गाउँपालिका र सुनसरीको धरान नगरपालिकाका प्रमुख पनि रिक्त छन् । उप चुनावको चहलपहलसँगे आफूले उम्मेदवारी पाउनुपर्छ भनेर लविङ सुरु गरिसकेका छन् । प्रतिनिधिसभामा कास्की–२ खाली छ भने त्यसैगरी भक्तपुर, बागलुङ र दाङमा पनि प्रदेश सभाको निर्वाचन हुँदैछ । भक्तपुरका नेकपाका सांसद हरिशरण लामिछाने, बागलुङका राष्ट्रिय जनमोर्चाका सांसद टेकबहादुर घर्ति र दाङका नेकपाका सांसद उत्तरकुमार ओलीको निधन भएपछि त्यो ठाउँ रिक्त भएको हो । निर्वाचन आयुक्तका रुपमा दिनेश कुमार थपलिया आएपछि उप निर्वाचन सम्बन्धी प्रक्रिया अघि बढेको हो । थपलिया वैशाखमा प्रमुख आयुक्त भएका थिए । नेकपाको सरकारका गतिविधि प्रभावकारी नभएको भन्दै जनताले आलोचना गरिरहेका बेला सरकार भने भरसक तत्काल निर्वाचन गराउन नपाए हुन्थ्यो भन्ने सोचमा अघि बढेकाले पनि निर्वाचन अन्योलमा बन्दै आएको थियो । भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको राम्रो बाहुल्य छ । अहिले खाली भएको क्षेत्र पनि त्यही ठाउँमा पर्छ । यहाँबाट प्रतिनिधिसभामा प्रेम सुवालले जितेका हुन् । त्यसैगरी बागलुङमा नेकपा र राष्ट्रिय जनमोर्चाको एलाइन्स भएपछि जनमोर्चालाई चिठ्ठा परेको थियो । तर पनि बागलुङ राष्ट्रिय जनमोर्चाको एउटा आधार क्षेत्रको रुपमा चिनिन्छ । जनमोर्चाका ३ नं. प्रदेशका संयोजक लालबहादुर थापाले उप चुनावमा पनि आफूहरुले जित्ने दावी गरेका छन् । तर पछिल्लो समयमा जनमोर्चा र नेकपाबीचको सम्बन्ध त्यति राम्रो छैन । नेकपाले समर्थन गरेर नै प्युठान १ बाट प्रतिनिधिसभामा दुर्गा पौडेल सांसद बनिन् । अहिले जनमोर्चाले सरकारको गतिविधिहरु जनतामुखी नभएको र सरकार तानाशाही भएको भन्दै आलोचना गरेको छ । थापाले बागलुङ आफ्नो गढ भएकाले पनि उप निर्वाचन पनि जित्नेमा ढुक्क भएको दावी गरेका छन् । दाङमा हुने उप निर्वाचन पनि सबैले आफ्नो पक्षमा पार्ने दावी गरेका छन् । उप निर्वाचन एकै दिन गर्ने आयोगको तयारी छ । त्यसका लागि उसले आचारसंहिता लगायतका अन्य प्रक्रियाहरु अघि बढाइरहेको छ । अहिले सबैको चासोको रुपमा कास्की २ को निर्वाचन रहेको छ । 
तिनपटकसम्म रविन्द्र प्रसाद अधिकारीले जितेको ठाउँमा अब नेकपा कै वर्चश्व रहन्छ कि रहँदैन भन्ने पनि प्रश्न उठेको छ । अहिले आएर नेकपामा पनि गुटगत विभाजन भएको छ । एउटाले टिकट पाए अर्कालाई असर गर्ने संस्कार नेकपामा पनि विकास भएको छ । कास्की २ मा कसलाई उठाउने भन्नेमा नेकपा पनि टुंगोमा पुग्न सकिरहेको छैन । सरकारको गतिविधि कमजोर भएपछि यो निर्वाचनमा पनि त्यसले नराम्रो असर गर्नेछ । गुटको राजनीति फष्टाएकाले गर्दा पार्टीको राजनीति ओझेलमा परेको छ । रविन्द्रकी श्रीमती विद्यालाई उम्मेदवार बनाउने चर्चा एकसमय चले पनि अहिले पनि मत्थर भएको छ । उनी आरआर क्याम्पसमा कार्यरत छिन् । उनको पेन्सन हुन थोरै समय मात्र बाँकी भएकाले उनी तत्काल उम्मेदवार बन्ने सोचमा नरहेको स्रोतले बताएको छ । निर्वाचन जित्ने निश्चित भए उम्मेदवार बन्न तयार भएपनि तर जितिन्छ कि भन्ने टुंगो नभएकाले उनी अलमलमा परेकी छिन् । समाचार स्रोतका अनुसार अढाई वर्ष पछि राष्ट्रिय सभामा पद खाली हुन्छ । त्यतिबेला नै उनलाई राष्ट्रिय सभालाई ल्याउने जनाइएको छ । प्रतिनिधिसभामा भन्दा राष्ट्रिय सभामा चुनाव जित्न सजिलो हुन्छ । चुनाव जितिन्छ वा जितिदैन पहिलेनै टुंगो भएकाले विद्यालाई त्यो पाटो सहज हुन्छ । नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले उपनिर्वाचनका लागि आफूहरुको तयारी शुरु भएको बताइन् । उनले आफूहरुबाट साझा उम्मेदवारको रुपमा जो आएपनि निर्वाचन जित्न असहज नहुने बताएकी छिन् । पार्टीको उम्मेदवारलाई सबैले समर्थन गर्ने हो भने नेपाली काँग्रेसले उप निर्वाचन जित्छ भन्दै आएकी उनी नेकपा प्रतिको जनताको विश्वास गुम्दै गएको बताउँछिन् । रविन्द्रसँग देवराज चालिसे पराजित भएका थिए । काँग्रेसका उम्मेदवार चालिसे पनि निकै लोकप्रिय नेताको रुपमा चिनिन्छन् । वाइडबडी काण्डमा फसेका अधिकारीको लोकप्रियता क्रमशः कमजोर बन्दै गएको थियो । काण्ड जे भएपनि यसको प्रमुख दोष रविन्द्रलाई दिइन्थ्यो र उनी दिवंगत भएपनि अझै पनि त्यो घाउ बस्न सकेको छैन । नेपाली काँग्रेसले कास्कीमा आफ्नो तयारी गरिरहेको बताएको छ । कोषाध्यक्ष पाण्डेले आफूपनि सम्भावित उम्मेदवार भएको दावी गरेकी छिन् । ‘म पनि उम्मेदवार हुन योग्य छु, पार्टी र समाजको लागि धेरै काम गरेको छु, त्यसैले पनि जनताको समर्थन पाउने आशमा छु’ पाण्डेले भनिन्– नेपाली काँग्रेस कमजोर छैन तर आन्तरिक गुटबन्दीका कारणले अलिकति समस्यामा परेको छ । काँग्रेस एक हुने हो भने कुनै पनि समस्या आउँदैन । कास्की मात्रै होइन अन्य ठाउँमा पनि हामी उप निर्वाचन जितेर देखाइदिन्छौं ।’


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter