एउटा बोकाको मुल्य ३ लाख ५० हजार

2 महिना अगाडी

उदयपुर । सामान्यतया एउटा बोकाका मूल्य कति पर्ला रु सहजै अनुमान गर्न सकिन्छ, २० देखि बढीमा ५० हजार । तर, एउटै बोकाको मूल्य ३ लाख ५० हजार रुपैयाँसम्म रहेको छ । त्यो कुनै सुविधामुखी सहरमा बिक्रीका लागि राखिएको होइन । जिल्लाको पूर्वी क्षेत्र बेलका नगरपालिकाले आयोजना गरेको तीनदिने जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीमा सोही नपाको वडा–२ का पाण्डव कार्कीले प्रदर्शनीमा राखेको वयरवन जातको बोकाको मूल्य हो ।
मेलामा कार्कीले पालेको बोका प्रमुख आकर्षक रहेको थियो । बाख्रा फार्म सञ्चालन गरेर बसेका कार्कीले सो बोका अस्ट्रेलियाबाट झिकाएका हुन् । जन्मिएको ३ महिनामा २ लाख ५० हजार मूल्य लगाएर अस्ट्रेलियाबाट झिकाएको उनले बताए । ‘व्यावसायिक रूपमा बाख्रापालन गर्न अस्ट्रेलियाबाट तीन महिनाको पाठो २ लाख ५० हजार मूल्य तरेर झिकाएको हुँ त्यसैले सस्तोमा बिक्री गर्दिनँ । घरमा पालेकै ११ महिना भइसकेको छ,’ कार्कीले भने, ‘धेरैले ३ लाख ५० हजारसम्म दिइसके, मैले मानेको छैन । ४ लाख घटी बिक्री गर्दिनँ ।’

कार्कीले व्यावसायिक रूपमा बाख्रापालन गर्न बिहाडका रूपमा बोका ल्याएको बताए । वयरवन बोका प्रतिकेजी १ हजार ५ सय रुपैयाँले बिक्री हुने गरेको उनले बताए । खानका लागि स्वादिष्ट र स्वस्थ पनि रहने भएकाले यसको माग अधिक बढेको उनको भनाइ छ । कृषकलाई कृषि पेसातिर व्यावसायिकता र आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा भागलपुर दुग्ध कृषि सहकारी संस्था बेलका–२ को संयोजनमा २३ गतेदेखि तीनदिने मेला आयोजना गरेको हो ।

मेलामा भरत मेसिनरी इटहरीद्वारा कृषिसँग सम्बन्धित औजारहरू पावर टेलर, मकै रोप्ने, धान काट्ने, धान रोप्ने, कुटी काट्ने मेसिन, मिनी टिलर, मकैको थ्रेसर, गाडी धुने मेसिन, कुटानी पिसानी मिललगायत सामग्री प्रदर्शनीमा राखिएको मेयर दुर्गाकुमार थापाले बताए ।  त्यसैगरी, विभिन्न जातका तरकारी, बीउबिजन, वयरवन, जमुनापारी जातका बोका, होलिस्टियन गाई तथा दलहनतर्फ दाल, भटमास, मास, बोडी, चना, केराउ, मटर आदि राखिएका थिए । फलफूलतर्फ मेवा, नरिवल, केरा, निभुवा, कागती, अम्बक आदि राखिएका थिए भने तरकारीतर्फ च्याउ, आलु, टमाटर, साग, मुला, भान्टा, काउली, बन्दा, फुलकोबी, ओल, फर्सी, सिमी, बोडी आदि प्रदर्शनीमा राखिएको थियो ।

त्यस्तै, माछा, हाँस, कुखुरा, परेवा आदि पनि राखिएका थिए । यसका साथै प्रदर्शनीमा तरकारी ब्याड, बीउ संरक्षण, करेसाबारीको नमुना पनि प्रस्तुत गरिएको थियो भने विभिन्न कृषि सामग्रीको पनि प्रदर्शनी गरिएको थियो । थापाले परम्परागत कृषि प्रणालीको अन्त्य र आधुनिक कृषि प्रणालीमा जोड दिने र कृषकलाई समृद्ध बनाउने नगरपालिकाको लक्ष्य रहेको हुँदा आकर्षित गर्न मेला आयोजना गरिएको बताए । प्रदर्शनीमा जिल्लाका उत्कृष्ट कृषकलाई सम्मान र पुरस्कृतसमेत गरिएको छ । प्रदर्शनीको समापन प्रदेश १ का कृषि, भूमि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले गरेका थिए ।
विष्टले स्थानीय कृषकले उत्पादन गरेका कृषि सामग्रीको बजारीकरण, प्रवद्र्धन र व्यवसायीकरणका लागि मेलाले महŒवपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले निर्वाहमुखी भन्दा पनि व्यावसायिक हिसाबले कृषि क्षेत्रलाई अगाडि बढाउन स्थानीय कृषकहरूलाई सुझाव दिए । (साभारः राजधानीबाट)


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter