एकवर्षको अबधीमा भक्तपुरमा २५४ वटा घट्ना सार्वजनिक

19 दिन अगाडी

भक्तपुर । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जुनसुकै अपराधिक घट्नामा पनि अपराधीलाई जोगाउन दबाब र प्रभावमा परेको पाइए कारबाही गरिने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि संकलित घट्नाको वार्षिक पूर्व समिक्षा कार्यक्रममा बोल्दै उहाँले प्रहरीलाई पनि कुनै दबाब र प्रभावमा नपर्न निर्देशन दिनुभयो । 
उहाँले अपराधीलाई जोगाउन जस्तो सुकै ठाउँबाट दबाब र प्रभाव आएपनि नछाडिने र दोषाीलाई कारबाही गरेरै छाड्ने भनाई राख्नुभयो । उहाँले मध्यराती सडकमा एउटी महिला निर्धक्कले हिड्नसक्ने अबस्था आएपछि मात्रै शान्तिसुरक्षा भयो भन्न सकिने बताउदै यौन हिंसा र बलात्कारका लुकेका घट्ना बाहिर आउन थालेकाले धेरै देखिएको बताउनुभयो । 
कार्यक्रममा महानगरीय प्रहरी परिषर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले अपराधका नयाँ नयाँ प्रकृतिहरु बाहिर आएको बताउदै अपराधलाई शून्यमा झार्न निकै मुश्किल हुने बताउनुभयो । उहाँले घट्ना लुकेर कम देखिनु भन्दा बाहिर आएर बढी देखिनु उपयुक्त भएको बताउदै अझै पनि ४० प्रतिशत घट्नाहरु लुकेर बसेकाले त्यस्ता घट्नालाई बाहिर ल्याई दोषीलाई कारबाहीको दायरामा ल्याउन समुदायले सहयोग गर्नुपर्ने बताउनुभयो । 
भक्तपुरलाई अपराध मुक्त बनाउने समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई समुदाय, विद्यालयसम्म लगेको बताउदै प्रभावकारी ढंगले सबै लागे अपराध न्यून गर्न सम्भव हुने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले भक्तपुर सानो जिल्ला भएकाले अपराधलाई न्यून गर्न अभियान नै संचालन गर्नु पर्ने बताउनुभयो । अझै पनि भक्तपुरमा हामी सुरक्षित छौ भन्ने अबस्था नरहेको बताउदै उहाँले भक्तपुरलाई अपराध गर्न र अपराधी लुक्ने सुरक्षित ठाउँको रुपमा प्रयोग गर्ने खतरा रहेकाले सजग रहनु पर्ने बताउनुभयो । 
कार्यक्रममा इन्सेक भक्तपुर प्रतिनिधीले भक्तपुर जिल्लामा २०१९ जनवारीदेखि डिसेम्बर ३० सम्म एकवर्षको अवधिमा मानव अधिकार हननर ज्यादतीका घट्नाको विवरण प्रस्तुत गरेका थिए । इन्सेकका अनुसार भक्तपुरमा हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह लगायतका २५४ घटना भएको छ ।
 
सन् २०१९ को एकवर्षको अबधभीमा भक्तपुरमा गैरराज्य पक्षको परिवारजनबाट १ र अन्य दुई गरि ३ जनाको हत्या भएको तथ्यांक सार्वजनिक गरेको छ । त्यस्तै बलात्कारबाट ३३ जना पीडित भएका छन् भने बलात्कार प्रयास घटनामा ३ जना महिला र बाल यौन दुव्र्यबहारमा २ जना बालिका पीडित भएका तथ्यांक सार्वजनिक गरिएको छ । 
त्यस्तै बहुविवाहको घट्नामा १३ महिला पीडित भएका छन् भने मानव बेचबिखनका घट्नामा १ जना पीडित भएको, घरेलु हिंसामा १९० जना पीडित भएका छन् । राज्यपक्षबाट ९ जना विप्लव माओवादीका नेता तथा कार्यकर्ता पक्राऊ परेका छन् । सन् २०१८ मा हत्या, कुटपिट, बलात्कार, बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह, घरेलु हिंसा र मानव बेचबिखन लगायतका कूल २५२ वटा घटना घटेको थियो ।
 
 

Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter