एकै दिन प्रभु बैंकको २ वटा नयाँ शाखा कार्यालय सञ्चालन

4 महिना अगाडी

काठमाडौँ, । प्रभु बैंक लिमिटेडले पर्वतको डिमुवा र कास्कीको विरेठाँटीमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं। ६ स्थित डिमुवा र कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं। ७ स्थित विरेठाँटीमा कार्यालयको उद्घाटन गरेको बैँकले जनाएको छ ।
आप्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा कार्यालयको सञ्चालन थालिएको हो ।
डिमुवा शाखा कार्यालयको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले बिहान १० बजे उद्घाटन गरेका थिए । यसैगरी, बिरेठाँटी शाखा कार्यालयको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष घनश्याम चपाईद्धारा दिउँसो १ बजे उद्घाटन गरिएको थियो । दुवै शाखाहरु छुट्छुट्टै कार्यक्रमकाबीच उद्घाटन भएका हुन् ।
बैंकका दुवै शाखा कार्यालयहरु उद्घाटनका क्रममा दुवै प्रमुख अतिथिहरुल मन्तव्य राख्दै भने प्रभु बैंकले आप्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको बताए ।
बैंकको शाखा सञ्जाल विस्तारबाट बैंकिङ्ग पहुँचभन्दा टाढा रहेका सेवाग्राहीहरु बैंकिङ्ग पँहुचभित्र आउनुका साथै सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने हुनाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्ने अवसर नगुमाउन उपस्थित सर्वसाधारणहरुलाई आग्रह समेत गरेका थिए ।
आजदेखि सञ्चालनमा आएका बैंकका डिमुवा र बिरेठाँटी शाखा कार्यालयको स्थापना तथा सञ्चालनबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter