एक्लैले विद्यालयलाई २४ रोपनी जग्गा सहयोग

8 दिन अगाडी

पर्वत । सामुदायिक विद्यालय सञ्चालनका लागि कि त सरकारी अनुदान कि त महायज्ञ वा अन्य कुनै कार्यक्रम गरेर पैसा सङ्कलन गर्ने प्रचलन छ । तर यहाँका एक वृद्धले भने आफ्नो गाउँमा सामुदायिक विद्यालय सञ्चालनका लागि पैतृक सम्पत्ति दान गर्नुभएको छ । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीका शेरबहादुर गुरुङले स्थानीय दुई विद्यालयको भौतिक पूर्वाधारलगायत दिगो आम्दानीका लागि आफ्नो २४ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।
 गुरुङले जन्मगाउँमा रहेका दुई सामुदायिक विद्यालयका लागि आफ्नो सबै खेतबारी प्रदान गर्नुभयो । फलामखानी आधारभूत विद्यायलाई १० रोपनी र मदन आश्रित माध्यमिक विद्यालयलाई १४ रोपनी जग्गा प्रदान गर्नुभएको हो ।
 जिल्लाको विकट गाउँमा रहेका यी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आयआर्जन गर्न सकिने खालका फलफूल, जडीबुटी वा रुखबिरुवा र घाँस बिक्री गरेर आम्दानी गर्न सकुन् भनेर आफ्नो खेत, बारी र खरबारी तथा वनसमेत विद्यालयलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
 हाल रूपन्देहीको मणिग्राममा बस्दै आउनुभएका जग्गादाता गुरुङले शिक्षा क्षेत्रको विकास भए मात्र समाज समृद्ध हुने ठानेर विद्यालयका लागि जग्गा प्रदान गरेको जानकारी दिनुभयो । 
 पूर्व राष्ट्रियसभा सदस्यसमेत रहनुभएका गुरुङले आफू जन्मेका गाउँका विद्यालयमा गुणस्तरीय पढाइ सञ्चालन गरी स्थानीयवासीलाई गाउँमै बस्ने वातावरण सिर्जना होस् भनेर जग्गा प्रदान गरेको बताउनुभयो । 
यसैबीच विद्यालयलाई जग्गा र नगद उपलब्ध गराएको तथा गाउँको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै जग्गादाता गुरुङलाई दुवै विद्यालयले मङ्गलबार सम्मान पनि गरेका छन् । कार्यक्रममा दुवै विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई गुरुङले जग्गाको लालपुर्जा हस्तान्तरण गर्नुभएको थियो । 


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter