एक सय थान भेन्टिलेटर हन्तान्तरण

10 दिन अगाडी

काठमाडौं । अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको एक समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गर्नुभयो ।
भेन्टिलेन्टर हस्तान्तरण समारोहमा मन्त्री ढकालले एक सस थान भेन्टिलेटर हस्तान्तरणका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो ‘कोरोनाबाट सबैभन्दा प्रभावति भएको अमेरिकाले नै महामारीको लडाइँमा हामीलाई भेन्टिलेटर सहयोग गरेको छ ।  नेपालमा अहिले भैरहेको भेन्टिलेटरको १० प्रतिशतले हुन आउने भेन्टिलेटर एकै पटक दिएको छ यसका लागि नेपाल सकारको तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।’
मन्त्री ढकालले विगतमा पनि अमेरिकाले नेपालमा महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै महामारीको समयमा आएको महत्वपूर्ण सहयोग शुक्रबारबाटै वितरण गरेर प्रयोगमा ल्याउने बताउनुभयो । उहाँले सात प्रदेशका सामाजिक विकास मन्त्रालयहरूका लागि सात सात वटा र बाँकी रहेका ५१ वटा भेन्टिलेटर सरकारी अस्पतालमा दुई दुईवटाको दरले वितरण गरिएको जानकारी दिनुभयो ।
मन्त्री ढकालले कोरोना विरूद्धको लडाइँमा अमेरिकाको अनुभव नेपालका लागि पनि महत्वपूर्ण हुने भन्दै उहाँले कोभिड १९ को खोप अमेरिकाका जनता र नेपाली जनताले सँगसँगै पाउने अपेक्षा गर्नुभयो । उहाँले कोरोना परीक्षणमा सहयोगी जीन एक्सपर्ट विगतमा पनि ७ हजार सहयोग गरेको स्मरण गर्दै फेरि पनि त्यस्तो सहयोग हुने अपेक्षा गर्नुभयो । मन्त्री ढकालले कोरोना समूदायस्तरमा फैलिसकेको अवस्थामा आरटी पिसिआर जस्तै विश्वसनीय जीन एक्सपर्टको प्रयोगले सजिलै कोरोना पहिचान गरी नियन्त्रणमा सहयोग पुर्याउने बताउनुभयो ।
सो समारोहमा अमेरिकी राजदूत बेरीले असल र खराब दुबै समयमा अमेरिका नेपालको साथमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘ असल र खराब दुबै समयमा अमेरिका नेपालसँगको साझेदारीप्रति  प्रतिवद्ध छ । यी भेन्टिलेटर मार्फत हामी नेपाली परिवारहरूलाई सघाउन चाहन्छौँ जसले गर्दा कोभिड १९ बाट अति प्रभावित आफ्ना प्रियजनलाई मद्दत गर्नका लागि उनीहरू तयार रहन सकून् ।’ उहाँले नेपाल सरकारसँग समन्वय गर्दै जीवनरक्षा सहयोगका लागि समग्र अमेरिका बिधि उपलब्ध गराउने कार्यमा संयुक्त राज्य अमेरिका प्रतिवद्ध रहेको बताउनुभयो ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter