एनयसयू टेक फेस्ट आयोजना हुने

2018-06-06

काठमाडौं । नेपाल विद्यार्थी संघको आयोजनामा जेठ २६ गते एकदिने ‘एनयसयू टेक फेस्ट’ २०७५ को आयोजना गरिने भएको छ । 
नेविसंघकी केन्द्रीय सदस्य एवम् इ.मेली शाहले पत्रकार सम्मेलन गरेर विभिन्न क्लेजमा अध्ययनरत विद्यार्थी एव्म सिर्जनशिल उद्यमीहरुलाई लगानीको वातावरण र्सिजना गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिएकी हुन ।
राजधानीको अन्नपूर्ण होटेल दरबारमार्गमा सम्पन्न हुने कार्यक्रमका बारेमा जानकारी दिदै केन्द्रीय सदस्य शाहले भनिन्,‘यस्तो खालको कार्यक्रम पहिलो पटक हो, कलेज स्तरमा व्यापारि वर्गहरुलाई उपस्थित गराएर विद्यार्थीहरुको क्षमता र दक्षता हरेर उहाँहरुले लगानी गर्ने मनस्थिति बनाउन सक्नुहुन्छ, यसबाट धेरै भन्दा धेरै विद्यार्थीहरुले लाभ लिन सक्ने हामीले आकलन गरेका छौं, विहान ९ बजेदेखि साँझ पाँच बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ ।’
उनले अघि थपिन्,‘विभिन्न कलेजमा पढ्ने विद्यार्थीहरुले ल्याएर आएका आडियाहरुलाई लगानि कर्ताको बीचमा राख्ने कोसिस हाम्रो रहने छ, त्यसले फाईदा हुनेखालका कन्सेप्टहरुमा लगानी गर्न उद्ध्त गराउने हाम्रो विश्वास हो, १२ कक्षा सकेर बसेका विद्यार्थीहरुको लागि दुईवटा फाईदा हुने हामीले देखेका छौं, पहिलो फाईदा उहाँहरुले कक्षा १२ सम्मको अध्ययन गर्दा के के कुरा सिक्नु भयो ? कुनै आविष्कार गर्न सक्ने हुनु भएको पनि होला, अर्को जुन अहिलेको बिदाको समय छ, यस समयमा वर्तमान सरकारका काम कार्यहरु, प्राविधिको विकास कुन तरिकाले हुँदैछ ? समाज कता गईरहेको छ जस्ता महत्वपूर्ण कुराहरुको बारेमा जानकारी दिनेछौं तयसैले पनि यो ईभेन्टको महत्व धेरै छ ।’
राजनीतिक दलहरुका कार्यकर्ताहरुले केवल आन्दोलन मात्रै गर्न जानेको छन् अरु कुनै कुरा सिकेका छैनन् भन्ने खालको समाजमा रहेको भ्रमलाई चिर्नको लागि आफूहरुले यो कार्यक्रमको आयोजना गरिएको शाहले जानकारी दिईन ।
उनले भनिन्,‘समाजमा हामी विद्यार्थी संगठन वा कार्यकर्ताको बारेमा ठूलो भ्रम छ, यिनीहरु केहीगर्न सक्दैनन्, आन्दोलन बाहेक, कुनै बेला सयम त्यस्तै थियो, आजको दिनमा हाम्रो सामुन्नेमा विकास र समृद्धिको कार्यभार उभिएको छ, हामीले पढेको शिक्षाले समाज र व्यक्तिलाई के दियो ? अबका दिनमा राजनीतिक आन्दोलन मात्र होईन, अबका दिनहरुमा नेविसंघले प्राविधिक, औद्योगिक, समृद्धिका बारेमा काम गर्नेछ, त्यसैको सूरुवाति हो यो ‘एनयसयू टेक फेस्ट’ ईभेन्टस ।’
उक्त इभेन्टमा भौतिक निर्माण र आधुनिक प्रविधि गरि दुई विधामा उपस्थित मध्यबाट एक–एक समुहलाई विजेता घोषणा गर्ने आयोजकले जानकारी दिएको छ । विजेताले एक–एक लाख नगद रुपैयाँ प्राप्त गर्नेछन् ।   
कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रममा विभिन्न क्षेत्रका लगानी कर्ताहरुको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ । 
 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter