एन्फाको वरिष्ठ उपाध्यक्षमा नेम्वाङ

3 महिना अगाडी

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ सर्वसम्मत चयन हुनुभएको छ ।
एन्फा कार्यसमितिको आज बसेको बैठकले वरिष्ठ उपाध्यक्षमा उहाँलाई सर्वसम्मत चयन गरेको हो । केन्द्रीय कार्यसमितिको निर्वाचन भएको एक वर्षपछि एन्फाले वरिष्ठ उपाध्यक्ष पाएको छ । 
एन्फा विधानअनुसार चार उपाध्यक्षमध्ये एक वरिष्ठ तोक्ने प्रावधानअनुसार नेम्वाङ चुनिनुभएको हो । वरिष्ठ उपाध्यक्षमा नेम्वाङसहित वीरबहादुर खड्काले दाबी पेश गर्नुभएको थियो तर बहुमतका आधारमा उहाँलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरेको हो । एन्फाले नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरेपनि विवादरहित भने हुन सकेन । 
उहाँलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गर्ने भएपछि अर्का आकांक्षी वीरबहादुर खड्कासहित दुई केन्द्रीय सदस्य पूर्णमान श्रेष्ठ र रत्न श्रेष्ठले बैठक बहिस्कार गर्नुभएको थियो । त्यसैगरी बैठकले यसै वर्षबाट जिल्ला लिग, प्रदेश लिग र एन्फा फ्रेसिडेन्ट लिगको नियमावली अनुमोदन गर्नुका साथै आगामी वर्षबाट राष्ट्रिय लिगसमेत सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले भौतिक पूर्वाधार मर्मतसम्भार तथा निर्माण गर्न सङ्घका सदस्य, ४५ जिल्ला फुटबल सङ्घ तथा ए, बी र सी डिभिजन क्लबमा सम्भाव्यता अध्ययन गरी आगामी वर्ष कम्तिमा १० स्थानमा एकै पटक भौतिक पूर्वाधार मैदान निर्माण गर्ने निर्णय गरेको छ । यस्तै बैठकले प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गर्न महासचिवको सहयोगीका रुपमा सातै प्रदेशमा संयोजक तोकेको छ । 
प्रदेश नं १ मा सहायक महासचिव वसन्त अर्याल, प्रदेश नं २ मा सहायक महासचिव मोहम्मद समिउल्लाह, प्रदेश नं ३ मा मोहनकुमार बस्नेत, गण्डकी प्रदेशमा सहायक महासविच विश्व पौडेल, प्रदेश नं ५ मा सहायक महासचिव प्रकाश पंगेनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रकाश विष्ट तथा केन्द्रीयस्तरको कार्यक्रमका लागि अरुणमान जोशीलाई जिम्मा दिइएको छ । बैठकले विसं २०७६ देखि सञ्चालनमा हुने एन्फा एकेडेमी बुटवल र धरानमा युवा खेलाडी समान २५–२५ जनालाई छनोट गरी प्रशिक्षण प्रदान गर्ने निर्णय गरेको छ । 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter