एप्पलको शेयरमा भारी गिरावटः एकैदिन उड्यो ७५ अर्ब डलर

20 दिन अगाडी

बीबीसी
संसारको सबैभन्दा ठूलो कम्पनीमध्येको एक् अमेरिकी कम्पनी एप्पलको शेयरमा बिहिबार भारी गिरावट दर्ता गरिएको छ ।
एप्पलको एकैदिन कूल ७५ अर्ब डलर अर्थात् ८३ खर्ब रुपैयाँको क्षती भएको छ ।
एप्पलले बुधबार मात्रै उसको कमाई सन् २०१८ को अन्तिम त्रैमासिकमा अनुमान गरेभन्दा कम हुनसक्ने बताएको थियो । सुरुमा कम्पनीले ८९ अर्ब डलरको राजस्वको अनुमान लगाएको थियो तर बुधबार कम्पनीले उसले ८४ अर्ब डलरको कमाई हुनसक्ने बताएको थियो ।
पछिल्लो १६ वर्षमा पहिलो पटक एप्पलले आफ्नो कमाईको अनुमानमा कटौती गर्यो । यो चेतावनीपछि कम्पनीको शेयर १० प्रतिसम्म खस्कियो ।
चीनियाँ बजारमा आइफोनको बिक्रिमा कमी आएपछि एप्पलले पछिल्लो त्रैमासिकको कमाईको अनुमान घटाएको हो ।
 एप्पलको यो चेतावनीपछि अमेरिकाको मुख्य बजारमा पनि गिरावट देखियो । प्राविधिक कम्पनीहरुको नेसडेक सुचाङ्क ३।१ प्रतिशत खस्किएर बन्द भएको छ ।
झट्का वा विनास ?
एप्पल गत वर्षको अगस्टमा मात्रै संसारको पहिलो एक ट्रिलियन डलरको कम्पनी बनेको थियो । उसले अन्य ठूला कम्पनी जस्तै अमेजन, माइक्रोसफ्टर फेसबुकलाई पछार्दै एक ट्रिलियनको आँकडा छोएको थियो ।
कम्पनीले आफ्नो पछिल्लो तीन महिनाको राम्रो प्रदर्शनको रिपोर्ट पेश गरेपछि शेयरमा अत्यधिक वृद्धिका कारण यस्तो भएको थियो ।
तर अब एप्पलको शेयरमा आएको यो भारी गिरावटलाई केही विश्लेषकले सामान्य झट्का मानिसरहेका छन् भने कतिले यो कम्पनीको लागि विनासको संकेत बताएका छन् ।
कम्पनीको नयाँ आइफोनको बिक्रीमा आएको गिरावट यसको मुख्य कारण् हो । पहिले आइफोन प्रयोगकर्ता बजारमा लञ्च हुन लागेको नयाँ आइफोन खरिद गर्नका लागि उत्सुक हुन्थे ।
आइफोनको नयाँ मोडल लञ्च हुने बित्तिकै कम्पनीको शोरुम बाहिर निकै लामो लाइन लाग्थ्यो । तर अब स्थिती त्यस्तो छैन ।
बीबीसीकी संवाददाता डेव ली भन्छिन्, ‘हामी अहिलेको समयमा मोबाइल फोनको गुणस्तरका कारण नयाँ मोडल खरिद गर्न उत्सुक हुँदैनौं । अब नयाँ आइफोनको मूल्य एक हजार डलरसम्म पुगेको छ ।’
तर एप्पलले आफ्नो नयाँ आइफोन कम बिक्रि हुने अनुमान नगरेको भने होइन । यसैकारण एप्पलले अन्य थुप्रै क्षेत्रमा पनि अघि बढ्ने प्रयास गरेको छ ।
आज सेवा, स्वास्थ्य र फिटनेसको क्षेत्रमा एप्पलले उल्लेखनीय सफलता हाँसिल गरेको छ । एप्पलले सेवा क्षेत्रबाट त्यति नै पैसा कमाउन्छ जति फेसबुकको कूल कमाई छ ।
डेव ली भन्छिन्, ‘त्यसकारण एप्पल कम्पनी मुश्किलमा छ भन्नु गलत हुनेछ ।’
तर अर्कोतर्फ चीनको अर्थव्यवस्था खस्कँदो छ र यसैकारण चीनियाँ बजारमा आइफोनको बिक्री कम भइरहेको छ ।
चीनको अर्थव्यवस्थामा जति तीब्र गिरावट आयो त्यसको अन्दाज न त एप्पलले लगाउन सक्यो न अरु कसैले ।
चीन र अमेरिकाबीचको व्यापारिक तनाव पनि एप्पलमा भएको नोक्सानीको एउटा कारण हो ।
एप्पलका सिइओ टिम कुक यसका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जिम्मेवार ठान्छन् ।
टिम कुकले कम्पनीका लगानीकर्तासँग भनेका थिए, ‘व्यापार युद्धको असर अब देखिन थालेको छ । यसले ग्राहकको विश्वास डगमगाइरहेको छ ।’ एजेन्सी


1542619455happy-christmas-400x300.jpg

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter