एमसीसी पास नगराउन राष्ट्रिय उद्योग व्यापार महासंघको अनुरोध

2020-06-11

काठमाडौं । राष्ट्रिय उद्योग व्यापार महासंघ केन्द्रिय समितिले एमसीसी पास नगराउन सवैसँंग आग्रह गरेको छ । अमेरिकाले ठूलो सैनिक आधार तयार गर्ने र आवश्यक पर्दा यहीँबाट युद्ध विस्तार गर्ने विस्तारका साथ ल्याइएको एमसीसी पास नगराउन महासंघले सवैसमक्ष आग्रह गरेको हो । महासंघले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी नेपाल कम्युनिष्ट पार्टी जस्तो पार्टी सतामा र नेपाली कांगे्रस जस्तो पार्टी प्रमुख प्रतिपक्षमा रहँंदा यस्तो प्रतिकुल परिस्थिति आउनु दुःखको कुरा भएको जनाएको छ । ‘नेकपा सत्तामा छ र नेपाली कांग्रेस प्रतिपक्षमा । तर आज दुःखद् आश्चर्यको कुरा के हुँदैछ भने यी दुवै मिलेर देशमा राष्ट्रघाती एमसीसी परियोजनालाई संसदबाट पास गर्न खोजिरहेका छन्, विज्ञप्तिमा भनिएको छ । 
यस कार्यक्रम अन्तर्गत अमेरिकाले नेपालमा ५० करोड डलर या करिब ५५ करोड रूपैयाँ ल्याउने र नेपाल सरकारले मिसाउने १३ करोड डलर वा करिब पन्ध्र करोड रूपैयाँ राख्ने र यसरी जम्मा हुन आउने करिब ७० अर्ब रूपैयाँ ५ वर्षभित्रमा काठमाडौंदेखि भारतको गोरखपुरसम्म्को विद्युत् प्रसारण लाइन १०० किमि सडक विस्तारमा खर्च गर्नुपर्ने उल्लेख छ । तर वास्तविकता यसको विरोध भनेको अमेरिकाको विरोध पनि नभई र विदेशी सहयोगको विरोध पनि त झन् हुँदै नभएको विज्ञप्तिमा उल्लेख छ । यसको विरोध यससँग जोडिए आउने शर्तहरूको भएको विज्ञप्तिमा जनाइएको छ । यसको मूल उद्देश्य नै यस क्षेत्रमा अमेरिकाले ठूलो सैनिक आधार तयार गर्ने र आवश्यक पर्दा यहीँबाट युद्ध विस्तार गर्ने हो ।  चाहे आर्थिक अनुदान र विकासको नाउँमा होस्, चाहे अर्को कुनै पनि निहुँमा होस्, बाह्य घुसपैठ र हस्तक्षेप यो महासंघलाई कदापी स्वीकार्य छैन, विज्ञप्तिमा भनिएको छ । यसकारण सरकारले प्रस्ताव गरेको एमसीसी जस्तो घातक योजनालाई कुनै पनि हालतमा पारितन गर्न महासंघले सांसदज्यूहरूलाई हार्दिक अनुरोध गरेको छ । नेपालको अध्याबधिक नक्सा निर्माण गरी नेपाली जनताले २०४ बर्षदेखि देख्न नपाएको नेपालको नक्सा सार्बजनिक गरेर राष्ट्रियताको पक्षमा ऐतिहासिक काम गरेको सरकारलाई आफनो छबि नधमिल्याउनर यस्तो राष्ट्रघाती सम्झौता तत्काल खारेज गर्न तथा नेपालको हित अनुकुल हुने गरी मात्र बिदेशी अनुदान स्विकार गर्न महासघले हार्दिक अनुरोध गरेको छ ।

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट,...

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ ः कानूनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

दिव्या राईको ‘परदेशी’ एल्बम विमोचन

काठमाडौं । दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै...

Advertisement
Advertisement

Subscribe our Newsletter