एलजिबिटिआईको प्रतिभा प्रदर्शन हुँदै, बिजयी प्रतियोगीले ५० हजार नगद पाउने

9 महिना अगाडी

काठमाडौं जेठ २९ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिको क्षमता प्रदर्शन प्रतियोगिता हुने भएको छ ।
द लिभिङ डिभाइन फाउण्डेसनको ५औ स्थापना दिवसका अवसरमा समुदायका व्यक्तिको प्रतिभा देखाउने प्रतियोगिता आयोजना गर्न लागेको हो । १६ वर्ष देखि ३० वर्ष सम्मका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कुनै पनि सदस्यले आवश्यक विवरण सहित फर्म भर्न पाउने छन् । फर्म निःशुल्क भर्न सकिने फाउण्डेसनका संस्थापक अध्यक्ष आचार्य डाक्टर ऋसर्भ रेशुले जानकारी दिए । नेपालमा नील हिरा समाज बाहेक एलजिबिटिआईलाई नै समावेश गरेर प्रतिभा देखाउने कार्यक्रम गर्न लागेको द लिभिङ डिभाइन फाउण्डेसन दोस्रो संस्था हो । नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मे १७ का दिन तेस्रोलिंगी महिलाको क्षमता अभिवृद्धिका लागि मिस पिंक आयोजना गरेको थियो । समाजले हरेक बर्ष मे १७ का दिन यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । फाउण्डेसनले भने पहिलो पटक आफ्नो स्थापना दिवसका अवसरमा समलिंगी, तेस्रोलिंगी, दुईलिंगी, अन्तरलिंगी र अन्य समुदायलाई सहभागी गराएर मिष्टर एण्ड मिसेस रेन्वो प्रतियोगिता आयोजना गर्न लागेको हो । 
प्रतियोगितामा सहभागी हुनेले असार १५ गतेसम्म फर्म भर्न पाउनेछन् । छनौट भएका प्रतियोगीहरुलाई फोन र ईमेल द्वारा जानकारी गराईने फाउण्डेसनले जनाएको छ । बिजयी प्रतियोगीलाई नगद ५० हजार रुपैयाँ र आकर्षक उपहार प्रदान गरिने संस्थाले जनाएको छ । साथै अन्र्तराष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउने सुर्वण अवसर समेत प्रदान गरिने संस्थापक अध्यक्ष रेशुले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन चाहनेले यो लिंकमा क्लिक गरेर फर्म भर्न सक्नुहुनेछ ।


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

Advertisement
Advertisement

Subscribe our Newsletter