ओलीले सरकार र प्रचण्डले पार्टी चलाउनुपर्छ

1 महिना अगाडी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यहरुले पार्टीभित्रको आन्तरिक विवाद र कलह आपसी समझदारीमा हल गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी एकतालाई जोगाउनको लागि पनि नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नभएको उनीहरुको भनाई छ । 
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गणेश साहले अहिलेको समस्या हल गर्नको लागि ‘एक व्यक्ति, एक पद’ मा जानैपर्ने आवश्यकत्ता औंल्याए । पार्टीभित्रको आन्तरिक विवादको बारेमा पूरा देश र जनतामा चासो र चिन्ता देखिएको बताउँदै विवाद समाधान गर्न नेताहरुले प्रयत्न गरिरहेको साहले जनाए । 
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पछिल्लो समय विवाद समाधानको लागि भैरहेको दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वार्ता सकारात्मक रहेको पनि विश्वास दिलाए । उनले भने,‘अध्यक्षद्धयबीचको वार्ताले आपसी मनमुटाब कम गर्नको लागि पनि सहयोग पुगेको छ । उहाँहरुले अहिले देखिएको संकट र अनिश्चयको निकास दिनुपर्छ ।’ उनले अहिलेको विवादलाई समाधान गर्नको लागि पनि जेठ २ गतेको सहमतिलाई आधार बनाएर अघि बढे निकास निस्किने विश्वास दिलाए । 
साहले नेकपाभित्रको विवाद हल गर्नको लागि पनि ‘एक व्यक्ति, एक पद’मा जानैपर्ने स्पष्ट पारेका छन् । ‘यसरी जान सकियो भने सरकार अध्यक्ष ओलीले चलाउने र पार्टीको नेतृत्व अर्का अध्यक्ष प्रचण्डल गर्नुपर्छ’–साहले भने,‘ओली कमरेड सरकारको काममा केन्द्रित हुने र प्रभावकारी बनाउने र अर्का अध्यक्ष प्रचण्डले पार्टी एकताका बाँकी काम पूरा गर्नुपर्छ। र, एकता महाधिवेशनको तयारी गर्नुपर्छ ।’
साहले आगामी साउनको अन्तिममा वा भदौं पहिलो साता नै केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने बताए । र, सरकार र पार्टी दुवैलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि पार्टीभित्रैबाट शक्तिशाली उच्चस्तरीय संयन्त्र बनाएरपनि जानुपर्ने तर्क गरे । 
साहले अब दुई अध्यक्षबीच हुने सहमति दुई जनामा मात्रै सिमित गर्न नहुने र यसलाई केन्द्रीय कमिटी बैठकबाट सहमतिको अपनत्व गराउनुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘यसरी केन्द्रीय कमिटीबाट अपनत्व गराउन सकियो भने कोहीपनि दायाँबायाँ जान मिल्दैन् । कसैलाई पनि त्यो सहमतिबाट दायाँ–बायाँ जाने अधिकार हुँदैन् ।’
साहले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘अब हामी महाधिवेशनको तयारीमा जुट्नुपर्छ ।’ उनले नेताहरुबीच सहमति भए वर्तमान प्रधानमन्त्री ओलीले सरकार चलाउने र पार्टीमा सेरेमोनियल अध्यक्षको रुपमा रहँदापनि राम्रो हुने तर्क गरे । 
फरक प्रसँगमा उनले नेपालका लागि चिनियाँ राजदूतले नेकपाका बरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई भेटेको विषयलाई ‘सकारात्मक रुपले भेटेपनि समयको हिसाबले अहिले नकारात्मक सन्देश’ गएको टिप्पणी गरे । उनले भने,‘नेकपा सार्वभौम पार्टी हो । पार्टीमा विदेश हस्तक्षेप सह्य हुँदैन् । यति यस्तो गतिविधि भएको हो भने यो अशोभनीय हुन्छ । कुटनीतिक मर्यादामा यो स्विकार्य हुँदैन् ।’
ज्येष्ठ कम्युनिष्ट मञ्चका अध्यक्ष तथा नेकपा स्थायी कमिटी सदस्य एन. के. प्रसाईले  नेताहरुले विवेक प्रयोग गर्नुपर्ने बेला आएको बताएका छन् । उनले भने,‘अहिले पार्टी फुटाउने काम कसैले पनि गर्नुहुँदैन् । फुट्नु हुँदैन् । दुनियाँ जगतलाई हसाउनुहुँदैन् ।’ प्रसाईले पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने एजेण्डा नभएको सुनाए ।
तर, प्रधानमन्त्री ओलीले मदन जयन्तीमा आफूलाई भारतले हटाउन खोजेको र भारतको उक्त खेलमा नेकपाका नेताहरुको सहभागिता रहेको भनेर दिएको अभिव्यक्तिका कारण नेताहरुले राजीनामा मागेको उनको स्पष्टोक्ति थियो । 
उनले भने,‘प्रधानमन्त्रीले स्थायी कमिटीको बैठकमा आत्माआलोचना गर्नुपर्छ । उहाँले अब सरकार चलाउने र अर्को अध्यक्ष प्रचण्डले पार्टी चलाउनुपर्छ । यसरी सहमति गर्नुपर्छ ।’ उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिँदै त्यसको लागि पार्टी एकताताका गरिएको ५ बुँदे सहमति पालना गर्नुपर्नेमा जोड दिए । उनले भने,‘नेताहरुले संयमतापूर्वक एकतामै जोड दिनुपर्छ । त्यसको विकल्प छैन् ।’
उनले ओलीले मेरो गोरुको बाह«ै टक्का गरेर प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्न नमाने अर्का अध्यक्ष दाहालले महाधिवेशनसम्म त्याग गरेर महानता देखाउनुपर्ने सुनाए । ‘यसो गर्दा जनता र आम पार्टी पँक्तिमा पनि प्रचण्डको राम्रो मूल्यांकन हुन्छ। अब पार्टीमा नेताहरुले गाईजात्रा देखाउनुहुँदैन् ।’–उनले थपे । 
पार्टी र सरकारको अहिलेको प्राथमिक मुद्दा राष्ट्रिय स्वाधिनताको रक्षा हुनुपर्ने उनको भनाई छ । अहिलेपनि नेपालको भूमी भारतले कब्जा गरेको भन्दै ती भूमि फिर्ता ल्याउन सबै एकजुट हुनुपर्ने उनले बताए । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter