ओली सरकार केन्द्रिकृत शासनमा जाँदैछः कोइराला

4 महिना अगाडी

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले वर्तमान सरकार केन्द्रिकृत शासनमा जान लागेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण गर्दै सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए ।
प्रदेश र स्थानीय तहलाई ३० प्रतिशतभन्दा कम बजेट छुट्याइनुले सरकार केन्द्रिकृत शासनतर्फ जान लागिरहेको प्रमाणित हुँदै गएको बताए । ‘सरकारले दुई तिहाईको दम्भ पालिरहेको छ,’ कोइरालाले भने,‘यसले जनविरोधी गतिविधि गरिरहेको छ ।’ जनताको भावना विपरित भइरहेका सरकारको गतिविधिविरुद्ध नेपाली काँग्रेस सशक्त रुपमा प्रस्तुत हुने बताए । 
ओली सरकारले शक्ति केन्द्रिकृत गरी तानाशाही बन्न खोजिरहेको आरोप लगाए । शक्तिशाली हुने महत्वाकांक्षाका कारण सरकारले सक्ने काम पनि नगरिरहेको बताए । 
कोइरालाले बैदिक राष्ट्रगानबाट आरम्भ गरिएको पुस्तकबाट आध्यात्मक बिन्दुको प्रारम्भ भइ सबैमा आध्यात्मक चिन्ता ल्याउने आशा व्यक्त गरे ।
काँग्रेसको आउदो महाधिवेसनमा बिपिको बिचारलाई आत्मसात गर्दे जान आवश्यक रहेको बताए । नेपाली राजनितिको ठुलो शक्ति भएकाले नेपाली काँग्रेसले नै देशलाई सही मार्गमा लाने बताए । 
नेपाल संस्कृतिक विश्वविदालयका प्राध्यापक डा. कुलप्रसाद कोइरालाले धर्म र संस्कृतिको रक्षा नभए देशमा संकट आउनसक्ने बताए । अहिले धर्म संस्कृतिमाथि चौतर्फी प्रहार भइरहेकाले त्यसप्रति सबै सचेत र सजग हुनुपर्नेमा जोड दिए । कोइरालाले पुस्तकले सनातन धर्मको महत्व प्रकाश पारेको बताए । 
कृतिकार हरिशरण उपाध्यायले संसदले धर्मको व्याख्या गर्ने विषय नभएको बताए । धर्मको व्याख्या संसदले गर्नु लाजमर्दो विषय भएको बताए । 
आफु भारतमा रहेर पनि देश प्रतिको चिन्ता एवं देश भक्ति र हिन्दु धर्मको प्रभुत्वको कारण यो पुस्तक प्रकाशन गरेको जानकारी गराए । अहिलेको समय युुवाको हातमा रहको बताउँदै युवाबाट थुप्रै आशा रहेको बताए । उनले भने,‘अहिलेका  नेताहरुमा सदबुद्धि र धर्म प्रतिको आस्था पलाउँदै जाओस् ।’ धर्म रहे सबै नेपालीको अस्तित्व रहनेमा सबैको ध्यान केन्द्रित हुन आवश्यक रहेको बताए ।
प्राध्यापक मुकुन्द शरण उपाध्यायले नेपालमा हिन्दुको अस्तित्व हुन आवश्यक रहेको बताए । हिन्दु धर्मको उदय नेपालबाटै भएको जनाउदै जनसंख्याको आधारबाट नभएर सबैै ग्रन्थहरु पल्टाएर हेर्न आवश्यक रहको बताए । बिमोचित पुस्तकले हिन्दु धर्मको महत्वमा जोड दिएको जानकारी गराए ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बिपि कोइरालाले राष्ट्रियता र लोकतन्त्रका पक्षमा सशक्त रुपमा विचार दिंदा संस्कृति र धर्मलाई उत्तिकै महत्व दिएको बताए । अहिले काँग्रेसले बिपिको सिद्धान्तलाई बिर्सदै जान खोजेकोतर्फ सचेत गराए । पुस्तकले संस्कृति र संस्कारको महत्वमा जोड दिएको बताए ।
बिमोचित पुस्तकको समिक्षा विश्लेषक उद्धव सिग्देल र आलोक लम्सालले थिए । दुवैले पुस्तकले विगत र वर्तमानको गहिरो विश्लेषण गर्दै भविष्यको मार्गदर्शन गरेको बताए । 
त्रिवेणी साहित्य परिषद् नवलपुरले प्रकाशन गरेको पुस्तक १७५ पृष्ठको छ । पुस्तकका लेखक प्राध्यापक हरिशरण उपाध्याय स्याङ्जामा जन्मिएर भारतका विभिन्न विश्वविद्यालयमा प्राध्यापनमा सक्रिय रहे । उनका संस्कृति र नेपाली भाषामा नौं वटा पुस्तक प्रकाशित भइसकेका छन् । 

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter