ओ..हो ! राज्य नै यतिबिघ्न हिंस्रक ? जनता झन् कति निरीह !

2018-02-15

राज्यका सञ्चालक र सिङ्गै मुलुकीप्रशासन एउटा ब्यक्तिबिरुध्द षडयन्त्रमूलक तवरले पछिलाग्योभने त्यो ब्यक्ति कसरि बाँच्तो हो ? यो नवराज सिलवाललाई जसरी’नि सिद्ध्याएरै छाड्छु भनेर प्रधानमन्त्री शेरबहादुर देउवाजीले हात धोएरै पछि लाग्नुभएको यथार्थ स्थिति जगजाहेरै छ। त्यत्तिले नपुगेर खुङ्खार प्रहरीहरुको टोली नै खटाएर सिलवालका परिवार, नाताकुटुम्बहरुलाइ दिनदिनै तर्साउने, धम्काउने र आतङ्कित गर्ने काम बेस्सरी भैराखेको रहेछ । त्यतिले नपुगेर सिलवालका दुइटी कलिली छोरीहरुलाइ त मुर्च्छा नै पर्नेगरी हप्काउने, तर्साउने र धम्काउने गरिराखेका रहेछन् । सिलवालकी जेठी छोरी अध्ययनको लागि अमेरिकाको कलेजमा भर्ना भएकीले अमेरिका जाने भइन्। आमा र बहिनी पनि सँगै जानेभए।

अमेरिका जान कतार एयरवेजको टिकट लिएका थिए। २०७४ पुस २८ गते शुक्रबारको घटना हो। अपरान्ह ४.४० वजे प्लेन उड्नलागेको थियो। खटाइएका ती खुङ्खार प्रहरीहरु सादा ड्रेसमा त्यहीं आइपुगे र “कहाँ छ तेरो बाउ, बता ?” भन्दै ती कलिला नानीहरुलाई हप्काउन, धम्क्याउन र तर्साउन थालिहाले। ती नानीहरु ह्वाँ… ह्वाँ रुनथाले । कोकोहोलो नै मच्चियो। त्यहीबेलामा कताबाट सेनाका एकजना अधिकृत आइपुगे र “यी कलिला नानीहरुलाइ किन धम्क्याएको ?” भनेर प्रश्न गरेपछि ती खुङ्खार प्रहरीहरु लुरुक्क हिंडे। ८ बर्षअघिको अर्को घटना पनि यस्तै छ। युनिटी नेटवर्क ब्युजिनेशलाइ कार्यवाही गर्ने धुन चलेको थियो। सुरेन्द्र पाण्डे अर्थमन्त्री थिए। सुरेन्द्र पाण्डेजीले विश्वनाथ गौतमप्रति रिस-इवि लिएर बस्नुभएको रहेछ। युनिटी नेटवर्कमाथि कार्यवाहीप्रकृया अघि बढाउँदा त्यसैमा लटपटाएर विश्वनाथ गौतमलाइ पनि मुद्दामा फँसाइदिन सकिन्छ भनेर उहाँभित्र षडयन्त्रको भूत सवार भयो।

विश्वनाथ गौतम युनिटीका तलबी कर्मचारी मात्र थिए। कर्मचारी हैन, यो पनि सञ्चालक (बोर्ड अफ डाइरेक्टर्स) नै हो भनेर सुरेन्द्र पाण्डेजीले मुद्दाभित्र घुसाउन लगाए। “विश्वनाथ गौतम युनिटीको सञ्चालक होइनन् र कहिल्यै पनि थिएनन्” भनेर कम्पनी रजिष्ट्रारको कार्यालयले पत्र लेखिरह्यो, तर सुरेन्द्र पाण्डेजीले ती सबै तथ्यलाइ पन्छाएर जबर्जस्ती मुद्दामा घुसाउन लगाएरै छाडे। विश्वनाथ गौतमलाइ जेलमै कोचेर मात्र सन्तोष लिए। विश्वनाथ गौतमकी पत्नी दीपा गौतम र परिवारले ७ बर्षदेखि अन्तर्राष्ट्रिय सभाहलको दक्षिणपट्टी (पुरानो ट्रलिबस अफिसको गेटबाहिर) अहिलेसम्म धर्ना बसिरहेकै छन् ।

नन्दप्रसाद अधिकारी र गङ्गामाया अधिकारीबिरुध्द राज्यका सञ्चालकहरु कतिसम्म खनिएर लागे र उनीहरुलाइ कुन अवस्थामा पुर्याए ? देशबासीलाइ मात्र हैन अन्तर्राष्ट्रिय जगतलाई समेत् कण्ठाग्र भैसकेको छ। राष्ट्रका अगुवा हुनुपर्ने, उनीहरुकै अगुवाईमा समग्र राष्ट्र पछि लाग्नुपर्ने र अनुशरणकर्ताहरुको लागि रोलमोडेल बन्नुपर्ने राजनीतिक नेताहरु नै यति तल ओर्लेर अत्यन्तै क्रुर र आततायी कर्म गर्छनभने यस्ले के सन्देश दिन्छ ? उनीहरुका कर्म, ब्यबहार र चरित्र हेरेर सर्वसाधारणले के सिक्छन् र के वुझ्छन् ? १४ बर्षअघि नोबेल पुरस्कार प्राप्त गर्दा हङ्गेरीका कथाकार इमरे कर्तेजले आफ्नो नोबेल व्याख्यानमा भन्नुभयो, “हिंसा एकदमै नौलो बिषय त हैन, तर यो व्यवस्थित र नियमित हिंसाचाहिं नयाँ हो।

हिंसा हाम्रो जनजीवनमा झन्-झन् प्रभावशाली र शक्तिशाली व्यवस्था वनेर स्थापित भएको छ, यो गम्भीर र चिन्ताको बिषय हो। हत्या,हिंसा र आतङ्कलाइ स्वीकारिएको छ, यस्लाइ सहज र स्वाभाविक मानिएको छ र अभ्यस्त पारिएको छ यो निकै खतरनाक छ।” इमरे कार्तेजले भन्नुभएजस्तो यो हिंस्रक वातावरण नेपालमा कस्ले निर्माण गरिरहेछ ? यसको लागि ३ तत्व जिम्मेवार देखिन्छन्।

पहिलो तत्व, न्याय र समताको अभाव हो। विभेद र पक्षपातको पीडा खपिनसक्नु हुन्छ। हाम्रो राज्यव्यवस्थामा न्याय, विवेक र सम्वेदनशीलताका तत्व भेटिंदैनन्। समतामूलक ब्यवहार उस्को संस्कारमै छैन। निरन्तर अन्याय, अत्याचार, अपमान र पक्षपात जव खपिनसक्नु हुन्छ, तव त्यो विस्फोट हुन्छ। दोश्रो तत्व हो, अपराधीको सम्मान। सवै ठूला पार्टीले अपराधी डनहरुलाइ ज्वाईंसरी पालेका छन्। उनीहरु नै निर्णायक र प्रभावशाली भएर रहेका छन्। अपराधीलाई असजिलो पर्ने भएकोले नेताहरु अन्तर्राष्ट्रिय फौज्दारी अदालत सम्बन्धी रोम विधानलाइ अनुमोदन गर्दैनन्।

केही बर्ष अघिदेखि हामी देखिरहेछौं, पार्टीका नेता र राज्यले संरक्षण गरिराखेका अनेक समूहले फिरौति, जवर्जस्ती असुली र चन्दाआतङ्क मच्चाइराखेका छन्। तर, हाम्रा मन्त्रीहरु र सांसदहरु तिनीहरुको ठेगाना खोज्दै पुग्छन्। तिनीहरुलाई राजनीतिक आवरण ओढाइदिन्छन् र अङ्कमाल गर्छन्। अपराधीलाई कार्वाही हैन खोजी-खोजी सम्मान गर्ने र उच्च आसनमा विराजमान गराउन थालेपछि त्यस्बाट भयङ्कर सन्देश प्रवाह भएको छ। त्यस ले सवैलाइ अपराधकर्मतर्फ उत्प्रेरित गरेको छ र अपराधकर्मको बाटो नपक्रने, त्यता लाग्न नसक्ने र लाग्न नचाहनेलाइ उल्टै पछुतो मान्नुपर्ने स्थितिमा पु-याएको छ। तेश्रो तत्व हो, नेपाली समाज। नेपाली समाज अन्धभक्त छ। हुँदोनहुँदो जेसुकै गरेर र अनेकौं अपराध गरेर शक्ति र धन आर्जन गरेको भएपनि आँखा चिम्लेर त्यसैको पछि लाग्छ। नेपाली समाजले असल, सदाचारी, त्यागी मान्छेको खोजी र कदर गर्दैन। मूल्य, मान्यता र मानकहरु कतै फेला पर्दैनन्। अपराध गरेर आर्जन गरेको धनले समाजमा अग्रस्थान पाइन्छ भने त्यस्तो समाजमा बेवकुफ मूर्खले मात्र सदाचारी बन्ने चेष्टा गर्छ। अल्बेयर कामू ‘विद्रोही’ मा लेख्छन्, “आतङ्क र क्रूरताको वलमा स्थापना गरिएको राज्य र राज्यसञ्चालनको हिंस्रक शैलीले न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्दैन।”

अल्बेयर कामू अझै जोड दिएर भन्छन्, “विद्रोह, जो अन्यायपूर्ण र विभेदकारी राज्यव्यवस्थालाइ बिस्थापित गरेर समतामूलक र न्यायपूर्ण राज्यव्यवस्था स्थापित गर्नका लागि भनेर गरिएको हो, जव त्यस्ले हिंसालाइ नै केन्द्रमा राखेर, त्यसैमा आधारित सत्ता स्थापित गर्छभने साविकको भन्दा झन् चर्को अन्याय र दमनको साम्राज्यमा परिणत हुन्छ, जस्लाइ हटाउने भनेर विद्रोह गरिएको थियो।” नेपाली समाज र राज्यव्यवस्थाको संरचनाका तन्तु-तन्तुमा हिंसाको एकछत्र राज छ। नेपाली समाजमा दुईथरी हिंसा कृयाशील देखिन्छन्। एउटा हिंसाको बिउ रोप्दै हिंड्ने उग्रवादी, अपराधी र जातीय-साम्प्रदायिकहरु तथा अर्को प्रतिरोध नगरेर र आफूमात्र जोगिएर हिंसाको लागि जमिन सहज बनाइदिने सर्वसाधारण हामीहरु। तिनीहरु सकृय क्रूर हुन् भने हामी निस्कृय क्रूर। निस्कृय क्रूरहरुको अप्रत्यक्ष सहयोग पाएरै सकृय क्रूरता ह्वात्तै बढेको हो। हिंसा,आतङ्क मौलाउनुमा उग्रवादी, अपराधी र जातीय मोर्चाहरु जति जिम्मेवार छन्, त्योभन्दा हजार गुना बढी जिम्मेवार हामी निस्कृय क्रूरहरु छौं।

हाम्रो मुख्य समस्या के होभने हामी परिवर्तन चाहन्छौं र परिवर्तनदेखि डराउँछौं। परिवर्तन प्राकृतिक हो र नैसर्गिक चाहना नै हो, तर परिवर्तन आफू अनुकूल नहोला कि भनेर डराउँछौं। भित्री सत्य के होभने हाम्रो अभ्यन्तरमा मुक्तिको आकांक्षा अङ्कुरित नै भएको छैन। हामीले मुक्ति हैन, अलि बढी सुखसुविधा मात्र खोजेका रहेछौं। सुखासीन नेता र उदासीन जनताको वीचमा मुक्ति-आकांक्षाको वीज अङ्कुरितै हुन सकेन। जव समाज र राज्यको अन्तर्जीवनमा हिंस्रक संस्कृति व्याप्त हुन्छ, तव खलील जिब्रान भन्छन, “त्यहाँ चलाकीलाइ प्रतिभा, टपर्टुइयाँलाइ ज्ञानी, आत्महीनतालाई नम्रता र कायरतालाइ समर्थन भनेर व्याख्या गरिन्छ।” जिब्रानले भनेजस्तै नेपालमा अपराधीहरु सत्ताको शीखरमा हुनेछन् र सज्जनहरु सुरक्षित ठाउँ खोज्दै अँध्यारो कुनामा भेटिनेछन्।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter