औद्योगिक व्यापार मेलामा २ करोडको कारोवार

3 महिना अगाडी

भक्तपुर । भक्तपुरमा आयोजना भइरहेको बृहत औद्योगिक व्यापार मेलामा २ करोडको कारोवार भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले नयाँ वर्षको अवसरमा आयोजना गरेको पाँचौ भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलाको १०औं दिनमा १ लाखले अवलोकन गरेको आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।
भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको मेलामा ६ दर्जन बढि चर्चित गायक गायिका, हास्य व्यङय कलाकार, जादुगरहरुको उपस्थिती जनाएका छन् । आज शनिबार हेमन्त शर्मा, हरि कर्माचार्य (गुल्मी गाइज), सरिता प्रजापति, राजेश बर्देवा, रोमा न्यौपाने, मुक्तिनाथ उप्रेतीलगायतले दर्शक तताए । 
मेलामा मेलामा अटोमोवाईल, अन्तराष्ट्रिय खाना महोत्सव, अन्तराष्ट्रिय स्टल, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टलसहित २ सय राखिएको छ ।
मेलामा हरेक दिन बिभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु संचालन हुने आयोजक मध्यपुर व्वाइज व्याण्डका अध्यक्ष सुनिल बज्राचार्यले जानकारी दिनुभयो । मेला आगामी बैशाख ४ गतेसम्म सञ्चालन हुनेछ ।
मेलामा आयोजित भलिबल प्रतियोगितामा एनसिसिले उचाल्यो ट्रफि
औद्योगिक, पर्यटन तथा व्यापार मेलामा आयोजना भएको भलिबल प्रतियोगिताको उपाधी एनसिसि ब्वाइजले हात पारेको छ । देशभरबाट १२ टिमले सहभागिता जनाएको प्रतियोगितामा थ्रि स्टार क्लब दोस्रो भयो भने सुर्यविनायक युवा क्लब तेस्रो भयो । प्रतियोगितामा पहिलो हुने टिमलाई नगद रु.५० हजार, ट्रफि तथा मेडल, दोस्रोलाई ३० हजार, ट्रफि र मेडल र तेस्रो हुने टिमलाई २० हजार, ट्रफि, मेडल पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक दिपक थापालmे जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले पुरस्कार वितरण गर्नुभयो ।

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter